रिडी रूद्रबेनी वामीटक्सार मोटर बाटो अबरूध्द हुदा यात्रु हरू लाई सास्ती

केही दिन पहिले रिडी बजार नजिकै बिस्णुपन्जर भन्ने स्थानमा सडक माथी बाट आएको पहिरोको कारण सडक अबरूध्द भएको छ।सडक अबरूध्द हुदा यस बाटो हुदै वामीटक्सार र बाग्लुड०का बिभिन्न स्थानमा पुग्नु पर्ने र त्यहॉ बाट छुट्ने यातायातका साधनहरू तम्घास हुदै चल्न थालेका छन।

२८ दिने बालकको १२ घण्टा पछि उद्दार, आमा सहित दुई पक्राउ।

शारदा नगपालिका वडा नं ३ को वर्ष ३५ को शान्ता परियार (बच्चाको आमा) र शानपा वडा नं २ पानिखोलाको अन्दाजी वर्ष ३८ को दान बहादुर भण्डारीलाई आज मिति २०७७/०७/१९ गते दिउँसो विभिन्न स्थनहरूबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

राष्ट्रबैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने

कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोेखिममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजना अघि सारेको हो |

नवलपुर प्रहरीद्धारा विभिन्न मुद्धामा फरार रहेका ३४ पक्राउ

अदालतबाट विभिन्न मुद्धामा कैद जरिवाना असुल उपर हुन बाँकि ३४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व)का डीएसपी मोहन बहादुर खाँडले बनाउनु भयो । डिएसपी खाँडका अनुसार लगत असुल उपर गर्न बाँकि रहेका ३४ जनालाई नै अदालत समक्ष पेश गरिएको छ ।

बाटो खनिरहेको डोजरलाई पहिरोले पुर्‍यो, घटनास्थलमै चालकको मृत्यु

अर्घाखाँची शितगंगा ८ लाहापेका ४१ वर्षीय डोजर चालक नरसिंह बुढामगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्गअन्तर्गत माण्डवी गाउँपालिका-१ डाम्रिखोला नजिकै बाटो खनिरहेको बा२क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।

जनयुद्धका घाइते सहयोद्धालाई तीन लाख लिएर अस्पताल पुगे मिलन

जनयुद्धको समयमा टाउकोमा लागेको छर्रा निकाल्न नसक्दा क्यान्सर पीडित बनेका जमिनलाई अर्का कमाण्डर मिलन लामाले विभिन्न व्यक्तिहरुमार्फत संकलन गरिएको रु. ३ लाख ९ हजार रकम लिएर धुलिखेल अस्पताल पुगेका हुन् ।सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५, का बासिन्दा जमिनको उपचारका लागि आर्थिक अभाव भएको थियो ।

गुल्मीका कांग्रेस सचिव पन्थीले जन्मोत्सवमा पीडितलाई आर्थिक सहयोग

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ६ अत्तरकाँडाका २२ वर्षीय टामलाल अधिकारीलाई आर्थिक सहयोग गरी पन्थीले जन्मोत्सव मनाउनुभएको हो । कांग्रेस नेता पन्थीले जन्मोत्सवको अवसरमा फजुल खर्च नगरी पीडितलाई आर्थिक सहयोग गरी सकरात्मक सन्देश समेत प्रवाह गर्नुभएको छ ।

बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका श्रीमान्-श्रीमतीसहित दुधे बालकको मृत्यु

सिन्धुलीबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका-१ दुधौरा खोला नजिक ठक्कर दिँदा सो घटना भएको हो

नाम जस्तै गीत पनि उस्तै,प्रेम गर्न निकै माहीर गायक ओली,प्रवासबाट सिधै आई लभ यु भने:कलश खरेल

एक दशक भन्दा बढी समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय गायक ओलीका यसअघि चौतारीको पिपल ढलेको, जप्छु तिम्रै नाम, सल्यान बजारमा,घोराहि तुल्सिपुर ,तिजै रमाइलो,छम छमि तिज , कथा आशु भित्र छ,बुडि पोइल गैइ,ठमेल बजारमा , सब को रहर पैसा कमाउने, सम्बन्ध जस्ता थुप्रै गीत बजारमा आइसकेका छन्।

यम सि सी पारित हुन्छ:मन्त्री ज्ञवाली

आफ्नो गृह जिल्ला गुल्मी मा आयोजित विभिन्न महत्वपुर्ण कार्यक्रमहरुमा सहभागी हुन आज गुल्मीको सदरमुकाम तम्घास आइपुग्नुभएका मन्त्री ज्ञवालीले नेकपा एकतावद्ध हुनु भनेको देश एकतावद्ध हुने बताऊनु भएको छ।