स्याङ्जामा मुसिकोट नगरपालिका गुल्मीले भलिवल खेल जित्यो

युनिक खबर✍️
मुसिकोट नगरपालिका गुल्मीको भलीवल टिमले आज उत्कृष्ट खेल प्रदर्शन गर्दै जित हासिल गरेको छ l दोस्रो पुतलीबजार कपको तेस्रो दिनको दोस्रो खेल आज मुसिकोट नगरपालिका गुल्मी र हरिनास गाउँपालिका स्याङ्जा को बीच खतरनाक प्रतिस्पर्धाका साथ सम्पन्न खेलमा मुसिकोट नगरपालिका गुल्मीले खेल जित्न सफल भएको हो l

१ का बिरुद्ध २ अङ्क ल्याई मुसिकोट ले हरिनास गाउँपालिका माथि विजय हासिल गरेको मुसिकोट भलिबल टीमका टिम म्यानेजर सन्दिप खत्रीले स्याङ्जा बाट युनिक खबर डट कम लाई जानकारी दिनुभएको छ l

दोस्रो पुतलिबजार कप अन्तर पालिक स्तरिय पुरुष भलिबल प्रतियोगिता पु ब न पा १ मालेबगर स्यांगजा ले आयोजना गरेको खुल्ला पुरुष पालिका स्तरिय भलिबल प्रतियोगिता मा मुसिकोट नगरपालिका गुल्मी बाट सहभागि हुने खेलाडिहरु
१.राजेश कुवर (Open spiker )
२.आशिस सुनार (setter )
३.सन्दिप बि क (quick spiker)
४.सागर सुनार (quick spiker)
५ प्रसान्त सुनार ( open spiker)
६.सुमिर रायमाझी (open spiker )
७.हिमाल परियार (allrounder)
८.बिमल रायामाझी (quick spiker )
९.सागर बुडाथोकि (allrounder )
१०.बिमल परियार (libro )
११ प्रकाश थापा मगर (open spiker)
भिडियो हेर्नु होस् :-
यतिखेर स्याङ्जामा राजेश रायमझी , सन्दिप खत्री, बिरबल गुरुङ, सुरज तिवारी मुसिकोट नगरपालिका गुल्मी लाई बिजय गराउन अनभरत रुपमा लागिपर्नु भएको छ।

खेलाडी हरुको मनोबल बडाउन उहाहरुले निकै कोसिस गर्नुभएको छ।यस महत्वपुर्ण अवसरमा खेलाडी,ब्यबस्थापक लगाएत अन्य सहयोगी मनहरु लाई युनिक खबर डट कम परिवार हार्दिक धन्यवाद ब्यक्त गर्दछौ खेलको सफलताको लागि अग्रिम शुभकामना!