२८ दिने बालकको १२ घण्टा पछि उद्दार, आमा सहित दुई पक्राउ।

शारदा नगरपालिका वडा नं ३ घोरुलोटेको जंगलमा बेवारिसे अवस्थामा फेला परेको भनिएको अन्दाजी २८ दिने बच्चाको आमा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शारदा नगपालिका वडा नं ३ को वर्ष ३५ को शान्ता परियार (बच्चाको आमा) र शानपा वडा नं २ पानिखोलाको अन्दाजी वर्ष ३८ को दान बहादुर भण्डारीलाई आज मिति २०७७/०७/१९ गते दिउँसो विभिन्न स्थनहरूबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

गत वर्ष कार्तिक महिनामा रोजगारीको शिलसिलामा भारतको उत्तराखंडमा सँगै गएका यी दुबै जना दशैं मान्न घर सङ्गै फर्केका हुन् । गाड्डाचौकी नाका भएर नेपाल आएका दुबैजना महेन्द्रनगरको एक कवारेन्टीनमा ३ दिन बसी सल्यानको श्रीनगर हिजो असोज १८ गते आईपुगेका हुन्। घरमा पुग्दा बच्चा नलैजाने दुबैजनाको सल्लाह भएबोजिम बाटैमा पर्ने जंगलमा १८ गते बेलुका ६:०० बजेतिर फाली घरतर्फ लागेका थिए । १९ गते बिहान ६:०० बजेतिर मर्निङ्ग वाकमा निस्केका स्थानीयले देखे पश्चात प्रहरीलाई सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय सल्यान बाट प्रहरी निरीक्षक को कमाण्डमा प्रहरी टोली खोजतलासको लागि खटिई गएको थियो ।

पक्राउ परेका दुवैजना श्रीमान श्रीमती होइनन् । पुरुष विवाहित हुन भने महिलाको सम्बन्ध बिच्छेद भई सकेको बुझिएको छ।

स्रोत : जिल्ला प्रहरी कार्यालय सल्यान    सम्पादन:- पुष्पा रिजन डि.सी.

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको