च्याम्पियन्स लिग : बार्यन म्युनिख फाइनलमा पुग्यो।

काठमाडौं

जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिस्बोनमा बिहीबार राति भएको सेमिफाइनलमा फ्रान्सेली क्लब लियोनलाई ३–० ले पराजित गरेर बार्यन म्युनिखले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप एक गोल गरेको हो । बार्यनको जितमा सर्गेइ ग्नाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । ग्नाब्रीले १८ र ३३ औँ मिनेटमा गोल गरेका हुन् । लेवान्डोस्कीले ८८ औँ मिनेटमा गोल गरे । बार्यन म्युखिन ११ औँ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।कोरोना भाइरसको महामारीका कारण रोकिएर पुनः शुरू भएको च्याम्पियन्स लिगमा यो पटक बार्यन म्युखिनले बलिया क्लबलाई स्तब्ध पारेर फाइनलसम्मको यात्रा तय गरेको हो । अन्तिम ८ मा बार्यन म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको थियो । अब फाइनलमा बार्यनको भेट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग हुनेछ । फाइनल खेल आउँदो आइतबार राति हुनेछ ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।

सुर्याेदय युवा क्लवको आयोजनामा गुल्मीको वामिमैदानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता शुरू

सुर्याेदय युवा क्लवको आयोजनामा गुल्मीको वामिमैदानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता शुरू

सुर्याेदय युवा क्लव मुसिकाेट नगरपालिका ८,वामि,गुल्मीले अाफ्नाे स्थापनाकाे २७अाैँ वार्षिकोत्सबकाे अवसर पारेर खुल्ला पुरुष भलिवल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमकाे अायाेजना गरेको क्लबका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभएकोछ ।