एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

रामकृष्ण कंडेल,वामीटक्सार

साऊन२७

मुसिकोट नगरपालिका ७,गुल्मीका वडा अध्यक्ष प्रकाश काफ्लेले आफु लाई केही ब्यक्ती र सन्चार माध्यमले पुर्बाग्रही ढ़ंग बाट प्रस्तुत गर्न खोजेकोमा आपत्ती जनाऊनु भएको छ।नगरपालिकाको ७ नम्बर वडाका वडाध्यक्ष प्रकाश काफ्लेले जापानबाट विदामा आएका मुसिकोट ४ बडागाउँ, पाखीडाँडाका अर्जुनबहादुर कार्की लाई झुटा आरोपमा फसाएर रु ४ लाख असुलेको घटना सार्वजनिक भएको भन्दै केही समाचार माध्यममा नियोजित ढंग बाट आफ्नो बिरूध्दमा समाचार हरू लेखिन थाले पछी काफ्लेले भन्नु भएको छ‘सामाजिक संजाल को माध्यमबाट सबैले विभिन्न बिषय राख्छौं । यो सूचना प्रबिधिको प्रयोग आवश्यक चिज भएको छ।तर जब नियोजित ढंगले वडा अध्यक्षले खाएको पैसा फिर्ता माग्दा मुद्दा हाल्ने धम्की दिएको जस्ता शिर्षक बनाएर कपोकल्पित , झुठो कुरामा एउटा वेबसाईटमा राखेर त्यसलाई समाचार जस्तो बनाएर फैलाउने कोसिस गरिन्छ त्यो मेरो लागि मात्र नभएर भोलि जसले जे गरे पनि हुन्छ भने गलत संदेश जाने मात्र नभई कुनै पनि नागरिक कुनै पनि बेला प्रताडित हुने अबस्था आउने बताऊनु भएको छ।वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको बताऊनु भएको छ।आफु लाई किन बेकारमा तान्ने र बिबादास्पद बनाउने प्रयत्न गरिएको छ बुझ्न नसकेको भन्दै सबै पाठक हरू समक्ष प्रती प्रश्न हरू राख्नु भएको छ।गुल्मीमै चर्चीत सफल वडा अध्यक्ष तथा सफल युवा नेताको रुपमा समेत प्रसिध्दी कमाऊनु भएका काफ्लेले के एउटा वाड बासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो ?त्यहाँ सयौं जनाको आक्रोशित भिडमा पुलिस नबोलाई कसरी हुन्थ्यो ? पिडकको जिउ ज्यानको सुरक्षा कसरी हुन्थ्यो ? जस्ता जिज्ञासा हरू राख्नु भएको छ।आफु लाई जोडेर पूर्वाग्रही ढंग बाट प्रस्तुत ब्यक्ती हरूको बिरूध्दमा उच्च अदालतमा न्यायिक प्रक्रिया अगाडि बढाउन बुटवलमा रहेको समेत जानकारी दिनु भएको छ।यसै सन्दर्भ मा आज सागर स्टोर्स का सन्चालक श्रीकृस्ण सापकोटाले एक प्रेस विज्ञप्ती जारी गरी एकता न्युज नामक अनलाइनमा साउन २६ गते प्रकाशित "मदिरा सेवन गरेका व्यक्तिबाट ४ लाख असुलेर वडाध्यक्षको मस्ती, पैसा फिर्ता मागेपछि झुट्टा मुद्धामा फसाउने षड्यन्त्र" समाचार प्रति आफुहरूको ध्यानाकर्षण भएको बताऊनु भएको छ । समाचारमा प्रकाशित वडाध्यक्षले दबाब दिएको पैसाका लागि बार्गेनिङ्ग गरेको र चारलाख पैसा असुलेको कुरा कपोलकल्पित र भ्रामक हो । वडाध्यक्ष प्रकाश काफ्लेको चरित्रहत्या गर्ने गरी नियोजित रुपमा प्रकाशित गरिएको यो समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्नु भएको छ साथै सापकोटाले समाचारलाई खण्डन एकता न्युजलाई अनुरोध गर्नछौ अन्यथा कानूनी उपचार खोज्न बाध्य हुने बताऊनु भएको छ।सापकोटाले मुसीकोट नगरपालिका ४ बडागाउँ, पाखीडाँडाका अर्जुनबहादुर कार्कीले रक्सीले मात्तिएर वामीटक्सार बजारमा रहेको पसलमा मेरो श्रीमतीलाई आइ अभद्र व्यवहार गरे पछि हामीले वडाध्यक्ष प्रकाश काफ्लेलाई खबर गरेका हौं। भीड जम्मा भई असामन्य परिस्थिति उत्पन्न हुन थालेपछि वडाध्यक्षले प्रहरीलाई खबर गरिदिनु भएको आज प्रकाशित बिज्ञप्तीमा उल्लेख छ।पीडकका परिवारको अनुनय विनय गरेर पीडितले माफी मागेपछि व्यवहारिक रुपमा मिलापत्र गरेका हौ यसमा वडाअध्यक्ष काफ्लेको कुनै संलग्नता नरहेको सापकोटा द्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रेस विज्ञप्तीको पुर्ण पाठ

प्रेस विज्ञप्ती

एकता न्युज नामक अनलाइनमा मिति २०७७ साउन २६ गते प्रकाशित "मदिरा सेवन गरेका व्यक्तिबाट ४ लाख असुलेर वडाध्यक्षको मस्ती, पैसा फिर्ता मागेपछि झुट्टा मुद्धामा फसाउने षड्यन्त्र" समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मुसीकोट नगरपालिका ४ बडागाउँ, पाखीडाँडाका अर्जुनबहादुर कार्कीले रक्सीले मात्तिएर वामीटक्सार बजारमा रहेको पसलमा मेरो श्रीमतीलाई आइ अभद्र व्यवहार गरे पछि हामीले वडाध्यक्ष प्रकाश काफ्लेलाई खबर गरेका हौं । भीड जम्मा भई असामन्य परिस्थिति उत्पन्न हुन थालेपछि वडाध्यक्षले प्रहरीलाई खबर गरिदिनु भएको हो । पछि पीडकका परिवारको अनुनयविनय गरेर पीडितले माफी मागेपछि व्यवहारिक रुपमा मिलापत्र गरेका हौ । उहाँले आफै मैले पश्चात स्वरुप एउटा प्रतीक्षालय निर्माण गर्छु भन्नु भएको हो । प्रहरीलाई जानकारी दिने बाहेकका प्रक्रियामा वडाध्यक्ष प्रकाश काफ्लेको कुनै संलग्नता छैन । समाचारमा प्रकाशित वडाध्यक्षले दबाब दिएको पैसाका लागि बार्गेनिङ्ग गरेको र चारलाख पैसा असुलेको कुरा कपोलकल्पित र भ्रामक हो । वडाध्यक्ष प्रकाश काफ्लेको चरित्रहत्या गर्ने गरी नियोजित रुपमा प्रकाशित गरिएको यो समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौ । यस समाचारलाई खण्डन गर्न एकता न्युजलाई अनुरोध गरेका छौ अन्यथा उक्त अनलाईनको उक्त कार्य प्रति कानूनी उपचार खोज्न बाध्य हुने जानकारी गराउँदछौ ।

श्रीकृस्ण सापकोटा

घटना गत वर्षको माघ २० गतेको हो ।त्यतिबेला मुसिकोट महोत्सव चलेको थियो ।मुसिकोट महोत्सव हेर्न पुगेका कार्कीले वामीटक्सारमा रहेको श्रीकृष्ण सापकोटाको सागर स्टोरमा सामान किन्ने क्रममा पसल सञ्चालक महिला भगवती सापकोटा माथी अभद्र व्यवहार गरेको आरोप छ। झुटा आरोप लगाईएको भनिएका मुनपा४,पाखीडाँडाका अर्जुनबहादुर कार्की हाल जापानमा कार्यरत रहेको बताईएको छ।झन्डै६महिना अगाडिको सहमती किन एकाएक चर्चामा रहेको छ बुझ्न अझै केही समय लाग्ने देखिन्छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला

पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला

घर फर्कने क्रममा हिलोमा जुत्ता अड्किएर बल्खूको तरकारी बजारनेर खोलामा खसेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए ।