मुसिकोट नगरपालिका ९ उर्लेनिमा हिउँ पर्यो,जनजिवन कस्टकर बन्दै

युनिक खवर✍️
गएराति देखि मौसममा आएको परिवर्तनले जीवन कष्टकर बन्दै गएको छ।रातीदेखि चलेको हावाहुरीले गुल्मीको मुसिकोट नगरपालिकाका विभिन्न स्थानहरुमा क्षतिहरु भएको खबरहरु युनिक खबरलाई प्राप्त भएको छ।
यसैक्रममा गएराति देखि मुसिकोट नगरपालिका वडा नम्बर ९ को उर्लेनी लगायतका क्षेत्रहरुमा परेको हिमपातले त्यहाँको जीवन थप कष्टकर बनेको मुसिकोट नगरपालिका ९ अर्लाङकोट बाट अर्जुन गौतमले युनिक खबरलाई जानकारी दिनुभएको छ।गौतमका अनुसार ददल्का उर्लेनिमा हिउँ परेको छ। त्यसको आसपासका अन्य स्थानहरुमा पनि बाक्लो हिउँ परेको छ,हिउ परेको कारणले चिसो बढेको र जनजीवन निकै कष्टकर बनेको छ।

चिसोको कारणले बुढाबुढिहरु,बिरामिहरु र केटाकेटीहरु लाई विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखा पर्ने अनुमान गरिएको छ।