
आज धान्यपूर्णिमा : योमरी पुन्ही मनाइँदै
नेपाल संवत्अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन योमरी पुन्ही मनाइने गरिन्छ । योमरी पुन्ही (पूर्णिमा) काठमाडौं उपत्यकालगायत देशैभरि मनाइन्छ । विशेष गरी नेवार समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउँछन् । योमरी पुन्ही नेवार समुदायको प्रचलित खाना योमरीसँग जोडिएको छ । योमरी