प्रथम स्थान हासिल गराऊन सफल खेलाडिहरू लाई मुसिकोटले गर्यो सम्मान

युजिन कंडेल,वामीटक्सार✍️
गुल्मीको तम्घासमा आयोजित १२ औ रास्ट्रपति जिल्ला छनौट खेलमा मुसिकोट नगरपालिका बाट शहभागीभई नगरपालिका लाई प्रथम गराऊन सफल मुसिकोट नगरपालिका भित्रका बिभिन्न बिधालयका खेलाडिहरू लाई नगरपालिकामा औपचारिक कार्यक्रम आयोजनागरी नगद पुरस्कारले सम्मान गरिएको छ।

१२ औ रास्ट्रपति जिल्ला छनौट खेलमा मुसिकोट नगरपालिकाले यो बर्ष प्रथम स्थान हासिल गरेको छ। मुसिकोट नगरपालिकाले १६ स्वर्ण, ७ रजत र ८ कास्य गरी कुल ३१ पदक सहित प्रथम,
गुल्मीदरबार गाउँपालिका दोस्रो र चन्द्रकोट गाउँपालिका तेस्रो भएका छन।गुल्मीदरबारले ६ स्वर्ण,५ रजत र ७ कास्य गरी कुल १८ पदक जितेको छ । चन्द्रकोटले ५ स्वर्ण, ११ रजत र १२ कास्य गरी कुल २८ पदक जितेका थिए।

गुल्मीका १० गाउँपालिका र २ नगरपालिका गरि १२ पालिकामा सबै लाई पछि पार्दै मुसिकोट नगरपालिका छनौट खेलमा प्रथम स्थान हासिल गर्न सफल भएको हो। स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ असार १८, १९ र २० गते सदरमुकाम तम्घासमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो ।
१२औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मुसिकोट नगरपालिका बाट विभिन्न बिद्या मा सहभागी हुने खेलाडीहरुको को नामावली:



