गुल्मीमा फेरि खुकुलो बनाउदै भदौ १० गतेसम्म निषेधाज्ञा थप

अनिल खत्री✍

१ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञालाई खुकुलो बनाउदै भदौ १० गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई केहि खुकुलो बनाउदै भदौ १० गतेसम्म थपिएको हो ।

कोरोना संक्रमणको दर नघटेपनी अघिल्लो साता कडाइ गरिएको निषेधाज्ञालाई खुकुलो बनाइएको छ । थपिएको निषेधाज्ञा अनुसार पसल व्यवसायहरु, बैक र बित्तिय संस्था, होटल तथा रेष्टुरेण्टहरु टेक अवे सेवालाई प्रथामिकता दिँदै दिउँसो ३ बजेसम्म खुल्ने भएका छन् ।

निजी तथा सार्वजानिक र सरकारी सवारीसाधन साँझ ८ बजेसम्म गनतब्यमा पुग्ने गरी चल्न पाउने भएका छन् । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।

जिल्लामा संचालित शैलुन, ब्युटिपार्लरहरु, शैक्षिक संस्थाहरु भने संचालनमा पुर्ण रुपमा रोक लगाइएको छ । जिल्लाभर कोरोना संक्रमण दर निरन्तर बढिरहेकाले अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

कोरोनाका संक्रमित निरन्तर बढेपनि लकडाउन खुकुलो बनाएपछि नागरिकमा फेरि पनि कोरोना संक्रमणको त्रास छाएको छ । जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ६११ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोना बिरुद्धको पहिलो मात्राको खोप लागाउको संख्या ५१ हजार ४६० जना रहेका छन् ।

दोस्रो मात्राको खोप लागाउको संख्या ३३ हजार ७०९ जना रहेका छन् ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको