युवा समाजसेवि दिलीप थापा गुल्मेली समाज जापान को प्रबक्ता

 रामकृष्ण कंडेल,युनिक खवर✍️

गुल्मेली समाज जापान को प्रबक्तामा युवा समाजसेवि दिलीप थापा चयन हुनुभएको छ।हालै सम्पन्न संस्थाको बिशेष बैठकले थापा लाई प्रबक्ताको जिम्मेवारी सुम्पेको जापान बाट यस संस्थाका प्रथम उपाध्यक्ष ईन्द्र थापाले युनिक खवर डट कम संगको कुराकानीमा बताऊनुभयो।

जापानमा करिब ३५/४० हजार गुल्मेलीहरू बसोबास गर्दै आएको,यी सबै गुल्मेलीहरूको आशा र भरोसाको केन्द्र गुल्मेली समाज जापान हो भन्दै उपाध्यक्ष थापाले महेन्द्र कुमार अधिकारीको नेतृत्वमा रहेको कार्य समिति लाई सफल बनाऊनको लागि दिलीप थापा लाई प्रबक्ता नियुक्त गरिएको बताऊनुभयो।

अध्यक्ष महेन्द्र अधिकारी लगायत हामी सबैको संस्था मार्फत केही गरौं भन्ने हुटहुटी छ तसर्थ समाजले गरेका कार्यहरू आम शुभचिन्तकहरूको बिचमा पुर्याऊन जरूरी छ तसर्थ यस कामको लागि दिलीप जी उपर्युक्त पात्र हुनुहुन्छ भन्ने बुझाईका साथ अध्यक्ष महेन्द्र कुमार अधिकारीज्यु को प्रस्ताब लाई सर्बसम्मत पारित गरिएको उपाध्यक्ष थापाले बताऊनुभयो।

वामी सेबा समिति जापान का अध्यक्ष तथा अन्तर्राष्ट्रीय नमुना समाज का संरक्षक युवा समाजसेवि थापा को गुल्मेली समाज जापान को प्रबक्तामा मनोनयनको निर्णय लाई महत्वपुर्ण ढंगले हेरिएको छ।सानै उमेर देखि समाजसेवा र राजनितिमा सकृयतापुर्ण ढंगबाट आफ्नो भुमिकामा रहदै आऊनुभएका थापाको मनोनयन पश्चात बिश्वभर बाट उहॅा लाई शुभकामनाको ओईरोनै लागेको देखिन्छ।

युनिक खवर डट कम परिवार गुल्मेली समाज जापान को प्रबक्तामा दिलिप थापा को मनोनयनको निर्णय लाई हार्दिक स्वागत गर्दै उहॅाको कार्य सफलताको लागि शुभकामना ब्यक्त गर्दछौं।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको