उर्लेनीका शोकाकुल परिवारजनको घरमा पुग्यो एमाले

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट ९ वडाकमिटी अन्तर्गतको उर्लेनी टोल कमिटीको आयोजनामा शोकसभा कार्यक्रम सम्पन्न भएको छ।पार्टीका अभिभावक नन्दकली बि क को चैत्र १८ गते ८६ बर्षको उमेरमा भएको असामयिक निधनको नबौं पुष्य तिथिको दिन उर्लेनीमा मृतकको आत्माको चिरशान्तिको कामना तथा शोकाकुल परिवारजनहरू लाई समबेदना ब्यक्तगर्नका लागि कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले,सचिबालय सदस्य रामकृष्ण कंडेल,नगर कमिटी सदस्य खडक बहादुर खत्री,टोल कमिटी उपाध्यक्ष जगलाल खरेल,साबिक अर्लाड०कोट गा बि स वडानं ९ का पुर्व वडाध्यक्ष मुक्तबहादुर बि क लगायतको बिशेष उपस्थिती रहेको थियो।

मृतक नन्दकली बि क को आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण पश्चात शुरूगरिएको कार्यक्रमका बक्ताहरूले नन्दकली बि क को परिवारले कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण भुमिका निर्बाह गरेको संस्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गर्नुभएको थियो।

स्वर्गिय नन्दकलीका छोरा बुहारी,नाति नातीनाहरू नेकपा एमालेमा बिगत लामो समय देखि आबध्द रहदै आऊनुभएको छ।छोरा नन्दबहादुर पार्टीको टोल कमिटी ईन्चार्ज हुनुको साथै मुसिकोट नगरपालिकाको कार्यपालिका सदस्यको भुमिकामा रहनुभएको छ।त्यस्तै अर्कौ छोरा रिखबहादुर बि क टोल कमिटी उपाध्यक्ष,बुहारी धनकुमारी र उजेली संगठित सदस्य,खिमबहादुर संगठित सदस्यको भुमिकामा रहनुभएको छ।

कार्यक्रमको अध्यक्षता टोल कमिटी अध्यक्ष सन्तबिर बि क को रहेको थियो साथै सन्चालन उर्लेनी टोल कमिटी सचिब धनबहादुर बि क ले गर्नुभएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको