एमाले मुसिकोटको बैठक वामीटक्सारमा सम्पन्न

रामकृष्ण कंडेल,वामीटक्सार✍️

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगर कमिटीको सातौं पुर्ण बैठक वामीटक्सारमा सम्पन्न भएको छ।बैठकमा नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला पार्टी अध्यक्ष बालसिड. काऊछा,जिल्ला पार्टी उपसचिब धर्म बिश्वकर्मा,नगर ईन्चार्ज जिवलाल खरेल जीवन,कमला शर्मा को बिशेष उपस्थिती रहेको थियो।

पार्टीका उपाध्यक्ष सुवास नेम्वाड.को निधनको १२औं पुन्य तिथिको दिन शोक सभा सम्पन्नगरी बैठक शुरू गरिएको थियो।बैठकमा मुसिकोट नगर पार्टीले संगठन बिस्तारका लागि बिभिन्न निर्णयहरू गरेको छ।

आजको बैठकमा शुन्दर प्रधान,हेमराज शर्मा,नारायण बहादुर थापा,चुराबहादुर खत्री,पुर्ण आचार्य,भुवन के सी,नारायण सापकोटा,लोक प्रसाद छन्तेल,लोक बहादुर कार्की,दुर्गा पौडेल,दलबहादुर थापा,मुमबहादुर परियार,हिरा गिरी,रामचन्द्र श्रेष्ठ,टोपनारायण श्रेष्ठ,सन्दिप खत्री,शंकर बहादुर रायमाझी,बिष्णुध्वज खाती,नेत्र सर्तुंगी,ज्ञानबहादुर जि सी,पानमॅाया बि क,निर्मला,सत्या जि सी,रामचन्द्र,गंगा,बोमबहादुर छन्तेल,रामकृष्ण कंडेल,प्रकाश काफ्ले लगायतले बिशेष भनाईहरू राख्नुभएको थियो।

कार्यक्रम नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता तथा नगर पार्टी सचिब गोपिकृष्ण खरेल को संचालनमा सम्पन्न भएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको