अध्यक्ष ओली सहित एमाले शिर्षनेताहरू आज वामीटक्सारमा

रामकृष्ण कंडेल,वामीटक्सार✍️

नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गुल्मीको वामीटक्सार आउँदै हुनुहुन्छ।अध्यक्ष ओली सहित एमाले शिर्षनेताहरू आज रूकुमकोट बाट दिउस १ बजे वामीटक्सारमा आयोजित बिशाल जनसभामा सहभागिहुन आऊनुहुने एमाले गुल्मी जिल्ला पार्टी ईन्चार्ज सुर्य थापाले बताऊनुभयो।एमालेले संचालन गरेको बैतडीको झुलाघाट देखि चिवाभञ्ज्याङ सम्म मध्य पहाडी (पुष्पलाल) लोकमार्ग समृद्धिकालागि संकल्प यात्राको क्रममा वामीटक्सारमा आयोजित सभामा अध्यक्ष ओलीको बिचार सुन्नका लागि मानिसहरू गॅाऊ गॅाऊ बाट आऊने जिल्ला अध्यक्ष बालसिंड० काऊछाको भनाईरहेको छ।

वामीटक्सार बजार बेहुलीझैं सिंगारियो

टोलीलाई स्वागत गर्न बजार क्षेत्रमा स्वागतद्धार निर्माण गर्नेदेखि बजारका बिच भागमा रहेका सवै स्थानमा सूर्य अंकित झण्डा,कम्युनिष्ट पार्टीको झण्डा र अध्यक्ष ओलीका तस्विर अंकित झण्डाले वामीटक्सार बजार झकिझकाऊ भएको छ।

मुसिकोट नगरपालिका प्रमुख जिवलाल खरेल जीवन ले बताए अनुसार मुसिकोट नगरपालिकाकाको नवनिर्मित प्रशाशकीय भवन अध्यक्ष ओलीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ।

मुसिकोट एमाले नगर पार्टी अध्यक्ष प्रकाश काफ्लेका अनुसार पार्टीका केन्द्रिय उपमहासचिब प्रदिप कुमार ज्ञवाली र केन्द्रिय सचिब गोकर्ण बिष्टको निर्वाचन क्षेत्र गुल्मीको वामीटक्सार मा आयोजित जनसभा लाई बिशेष बनाऊनको लागि सबै तयारीहरू पुराभईसकेको छ।आज वामीटक्सारमा आयोजित जनसभामा हजारौं जनसमुदायको उपस्थिती रहने नगर पार्टी अध्यक्ष काफ्लेले बताऊनुभयो।

वामीटक्सारमा आयोजित जनसभा लाई ऐतिहॅासिक बनाऊनका लागि एमालेका नेता कार्यकर्ताहरू बिगत केहिदिन अगाडि देखि प्रचार प्रसारमा सकृयताका साथ लागेको देखिन्छ।अधिकांश जिल्ला तहका नेताहरू हिजो सॅाझ सम्म वामीटक्सार आईपुगेको बताईएको छ।

अध्यक्ष ओली सहितका शिर्ष नेताहरू दिउस १ बजे आऊने तर जनसभामा बिहान ११ बजे देखिनै जनसास्कृतिक मन्चका कलाकारहरूको नाचगान र अन्य नेताहरूको सम्बोधन शुरूहुने छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको