वामी मैदानमा सम्पन्न भयो तिजगीत मेला

रामकृष्ण कंडेल, वामीमैदान✍️

मुसिकोट युवा क्लब मुनपा ८ को आयोजनामा गुल्मीको वामी मैदानमा खुल्ला रेकर्ड डान्स तथा तिज गित मेला २०८० सम्पन्न भएको छ।वामी मैदानको शिवालय मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न वडाहरु बाट १७ टिमले सहभागीता जनाएका थिए।खराब मौसमका कारण कार्यक्रम सम्पन्न गर्न निकै कठिनाई भएको थियो।

आयोजकले कार्यक्रमको मुल्यांकनको जिम्मा मोडल तथा गायक ओवि रायमाझी, राष्ट्रिय लोकगायक गोबिन्द बि सी र मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्री लाई प्रदान गरिएको थियो । निर्णायक को निर्णय अनुसार प्रियंका परियार प्रथम विनिता परियार द्वितिय, प्रतिक्षा मगर तृतिय,रियान्सा खत्री र प्रतिक्षा वि क ले सान्त्वना स्थान जित्न सफल भएका छन्।

विजयी कलाकारहरु लाई आजै प्रमाणपत्र र नगद पुरस्कार ले पुरस्कृत गरिएको थियो । आयोजन क्लबको तर्फ देखि आर्थिक सहयोग गर्ने सहयोग दाताहरु लाई सम्मान गरिएको थियो। कार्यक्रममा मुसिकोट युवा क्लब का अध्यक्ष बसन्त अधिकारी ले मुसिकोटको समग्र विकासको त्यागि आफ्नो स्थापनाको छोटो समयमै निकै राम्रा राम्रा कामहरू यस क्लबले गरेको बताउँदै आगामी दिनमा पनि मुसिकोट युवा क्लब मार्फत धेरै कामहरू संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता हरिनारायण साप्कोटा,एमाले मुसिकोट नगर क‌मिटी अध्यक्ष प्रकाश काफ्ले,युनिक खबर डट कम का प्रधान सम्पादक रामकृष्ण कंडेल,पूर्व वडाध्यक्ष नारायण सापकोटा,वामी प्रहरी चौकी प्रमुख लक्ष्मण वि क,नगर खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्री,निर्माण ब्यबसायी सुदिप खत्री (बुटवल)लगायत‌को विशेष उपस्थिति रहेको थियो।

वडाध्यक्ष रमेश वि क को प्रमुख आतिथ्यता,अजित वि०क० को अध्यक्षता तथा कमल वरालको संचालन रहेको कार्यक्रममा उपाध्यक्ष अनुप पाण्डे ले स्वागत मन्तब्य राख्नु भएको थियो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको