सुर्योदय युवा क्लब द्वारा आयोजित कार्यक्रम भब्यताका साथ सम्पन्न

रामकृष्ण कंडेल,वामीटक्सार ✍️

 गुल्मीको मुसिकोट नगरपालिका ले यस क्षेत्रमा समाजिक रुपान्तरणको कार्यमा सुर्योदय युवा क्लब सँग विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभएको छ l सुर्योदय क्लबको २८ औं वार्षिकोत्सव समारोहको आज समापनको दिन शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख सोमनाथ सापकोटा ले क्लबले स्थापना कालदेखि नै राम्रा कार्यक्रमहरु संचालन गर्दै आएको र यस्को निरन्तरताको लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो l “यस क्षेत्रमा सुर्योदय युवा क्लवले सांगितिक कार्यक्रमका साथसाथै खेलाडीहरु तयार गरी खेलकुद क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ” क्लब को बिगत स्मरण गर्दै प्रमुख अतिथि सापकोटाले भन्नुभयो l “विकास भनेको व्यक्तिको सामाजिक क्षेत्रको विकास गर्नु पनि हो” भन्दै सामाजिक विकासको लागि सुर्योदय युवा क्लब ले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने आवश्यक रहेको कुरामा सापकोटा को जोड थियो l 

देश विदेशमा रहनु भएका यसक्षेत्रका दाजुभाई दिदिवहिनीहरु लाई यस क्लवले संगठित गर्दै आएको कुरा व्यक्त गर्दै प्रमुख अतिथि नगरप्रमुख सापकोटाले आगामी दिनमा यस क्लब संग सम्बन्धित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु यस क्षेत्रको आर्थिक,भौतिक र सामाजिक विकासको लागि दृढताका साथ अगाडि बढ्न जरुरी रहेको कुरामा जोड दिनुभयो l प्रमुख अतिथि सापकोटाले यस क्लब ले यस वडा को समृद्धि का लागि महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्दै  खुशी व्यक्त गर्नुभयो l

 नगरप्रमुख  सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा वडा नम्बर ८ मा खड्क देवी मन्दिर,सालिमे क्षेत्रको विकास,शारदा बिद्या मन्दिर मा.वी मा आगामी कार्यक्रम अन्तर्गत चारकोठे भवन ,स्वास्थ्यको विशेष कार्यक्रम लगायतका कामहरु लाई अगाडि बढाइएको जानकारी दिनुभयो l 

 कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका विशेष अतिथि नेकपा एमालेका मुसिकोट नगरकोकमिटि अध्यक्ष तथा वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले बाल्यकाल देखि नै आफू सुर्योदय युवा क्लवका हरेक गतिबिधिहरु सँग साक्षात्कार रहेको बताउँदै यस को सफलताको लागि आफु र आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो l काफ्लेले भन्नुभयो “सुर्योदय युवा  कलव यस क्षेत्रकै एउटा स्थापितको क्लब को रुपमा रहेको हुनाले यसको सफलता को कामना गर्दै यस क्लवले यस क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्नु पर्ने” विचार व्यक्त गर्नुभयो  l 

क्लबका सल्लाहकार तथा जिल्ला खेलकुद समिति गुल्मीका पुर्ब अध्यक्ष  गोबिन्द बि.क ले शुभकामना मन्तब्य राख्दै खेलकुद खेल खेल्नका लागी मात्रै नभै यस लाई हाम्रो देश बिश्वसामु चिनाउने गरेर खेल्न जरुरी रहेको बताउनु भयो । खेलकुद ले खेलाडीहरुमा अनुशासनको पालना गर्न सिकाउँछ भन्नुहुदै यसको सकारात्मक प्रभाव समाजमा पर्ने हुनाले खेलाडीहरु उत्पादनको लागि हरेक क्षेत्रबाट सकारात्मक भूमिका खाँचो रहेको कार्यक्रमका अतिथि वि.क ले बताउनुभयो l 

संस्थापक अध्यक्ष नारायण सापकोटा ले कार्यक्रमको भब्य सफलताको कामना गर्दै यस क्लबको इतिहास प्रकाश पार्नु भयो । यस क्लबले रास्ट्रकै सम्मानित ब्यक्तित्व हरु जन्माउन सफल भएकोमा गर्बको महशुस गर्दै क्लबले स्थापना कालदेखि नै रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो l वडा नम्बर ८ का वडा अध्यक्ष समेत रहनुभएका सापकोटाले यस क्षेत्रको आन्तरिक पर्यटन विकासको लागि सुर्योदय युवा क्लबले खड्गकोट मन्दिर,सालिमे धार्मिक पर्यटकीय क्षेत्र अगाडि बढाउनको लागि पनि कार्यक्रमहरु सञ्चालन गरिरहेको कुरा सम्बोधनको क्रममा बताउनु भयो l 

२८ औं बार्सिकोत्सब कार्यक्रम मा नगरप्रमुख शोमनाथ सापकोटा को प्रमुख आतिथ्यता रहेको थियो l नेकपा एमाले मुसिकोट नगर अध्यक्ष प्रकाश काफ्ले,एमाले जिल्ला पार्टी सदस्य आग्निधर लोहनी,महिला नेतृ सीता भुसाल,समाजसेवी युवा व्यक्तित्व गोकुल खत्री,ताराखसे युबा क्लबका अध्यक्ष रामबहादुर बोहोरा,युनिक बोर्डिङ भुवाचिदिका प्रिन्सिपल डि.बि रायमाझी,नेकपा एमाले वडा नम्बर ८ का पार्टी अध्यक्ष चुरा बहादुर खत्री,पार्टी सचिव चन्द्र घर्ती, निर्वाचित  वडा सदस्य क्याप्टेन पूर्णबहादुर घर्ति, सुकमाया बि.क लगायतको उपस्थिति रहेको थियो l 

कार्यक्रममा युनिक खबर डट कम का प्रधानसम्पादक रामकृष्ण कंडेल,रेडियो पुस्पान्जली बाट प्रकाश घिमिरे,सेरोफेरो डट कम का प्रधान सम्पादक गोविन्द कंडेल,सञ्चारकर्मी हुकुम थापा,महेन्द्र कौशल लगायत को विशेष उपस्थिति रहेको थियो।

 कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको खुल्ला भलीबल को फाइनल मा एपी मोबाइल टक्सार र सुर्योदय युवा कलव बीच प्रतिस्पर्धा भएको थियो र अन्त्यमा एपी मोबाइल ले प्रथम स्थान ओगट्न सफल भयो भने सुर्योदय युवा क्लब उपविजेताको रुपमा आफ्नो स्थान जित्न सफल भएको बताइएको छ l 

२८ औं वार्षिकोत्सव समारोहमा निकै चर्चित यसै क्षेत्रका कलाकार कमल बराल,बालकृष्ण बराल ले कार्यक्रमको सुरु देखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ l कलाकारद्वय एउटै परिवारको दुई भाइहरू भएतापनि विभिन्न प्रकारका उत्कृष्ट प्रस्तुति हरु प्रस्तुत गर्दा दर्शकहरु निकै सांगीतिक माहोलमा रमेको देखिन्थ्यो l 

आज समापनको दिन लोकगायक वीर बहादुर बि.क को सांगीतिक प्रस्तुति पनि रहेको थियो l बीच बीच मा स्थानीय कलाकार हरुको उत्कृष्ट नृत्य प्रस्तुत गरिएको थियो l 

 भलिबल प्रतियोगिता ले धेरै दर्शकको मन जित्न सफल भएको छ l यस खेलका मुख्य रेफ्री सोम दर्लामीले बताउनुभयो “यस कार्यक्रममा निकै उत्कृष्ट टिमहरू सहभागी भए जसले यस वर्ष को सो कार्यक्रम लाई सफल बनाउन को लागि महत्वपूर्ण भूमिका निर्वाह गरे” l 

क्लवले भलिवल खेल संचालनको लागि प्रादेशिक रेफ्रीहरु सोम दर्लामीनवीन छन्तेल लाई आमन्त्रण गरेको थियो l 

 क्लबको तर्फबाट वार्षिकोत्सव समारोह मा आयोजित खुला भलिबल प्रतियोगिता को पुरस्कार प्रायोजन कर्ता हरु लाई सम्मान गरिएको थियो l 

 गत  २२ गतेदेखि सञ्चालन गरिएको २८ औं वार्षिकोत्सव कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष सन्दीप खत्रीले गर्नु भएको थियो l कार्यक्रमको संचालन सचिव सागर खत्री तथा सांस्कृतिक विभाग संयोजक कमल  बरालले संयुक्त रुपमा गर्नुभएको थियो l 

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको