प्रथम मुसिकोट मेयर रनिङ कप भोली देखि शुरूहॅुदैछ

रामकृष्ण कंडेल,वामीटक्सार✍️
गुल्मीमा प्रथम मुसिकोट मेयर रनिङ कप भोली देखि शुरूहॅुदैछ।ठुलो धनराशी पुरस्कार रहेको अन्तर स्थानीय तह खुल्ला पुरुष भलिवल प्रतियोगिताले खेल क्षेत्रमा निकै चर्चा कमाएको छ।खुल्ला पुरुष भलिवल प्रतियोगिता प्रथम पुरस्कार रू. १,५०,००० कप मेडल र प्रमाण-पत्र,द्वित्तिय पुरस्कार रू.१,00,000 कप मेडल र प्रमाण-पत्र रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप खत्रीले बताऊनुभयो।खेल लाई भव्य र सब्य बनाऊनका लागि आवश्यक तयारी पुरागरिसकिएको अध्यक्ष खत्रीले बताऊनुभयो।
नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका, गुल्मीको आयोजनामा कार्तिक २२,२३ र २४ गते भलिवल प्रतियोगिता संचालन हुनेछ।दर्ता शुल्क : रु ७,५०० तोकिएको छ।मुसिकोट नगरपालिका,४ ग्वादिकाचौर खेलमैदान मा भोली कार्तिक २२ गते गुल्मी क्षेत्रनं २ का सांसद गोकर्ण बिष्टले कार्यक्रम उद्घाटन गर्नुहुनेछ।आयोजकले कार्यक्रमको बारेमा जानकारी दिनका लागि आज दिउस ४ बजे कार्यक्रम स्थलमा पत्रकार सम्मेलन गर्दैछ।