बन्ने भयो छिटै रिडी बर्दवास मकवादीरह भट्कुवा सडककाे ट्याक

कृष्ण अन्जान✍️

पहुँच भएन भने आवस्यकता बनेकाे विकास आयाेजनाले निरन्तरता नपाउँदा विकासकाे अभियान पछि पर्छ ।

यस्तै एउटा बन्दै गरेकाे सडक पाँच बर्ष देखि अलपत्र र अधकल्चाे रह्याे र फेरी बन्ने तयारीमा छ ।

रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे भट्कुवालाई पक्कि सडक सँग जाेड्ने लिँक राेडकाे रुपमा रिडी बर्दवास मकवादी रह भट्कुवा सडककाे ट्याक खाेल्ने तयारी गरिएकाे छ ।

सडक निर्माणका लागि भट्कुवा वासि जन समुदायकाे भेलाले कमल बहादुर थापाकाे अध्यक्षतामा एघार सदस्यीय सडक निर्माण उपभोक्ता समिति गठन गरिएकाे छ ।

समितिकाे उपाध्यक्ष सचिव सहसचिव काेषाध्यक्षमा क्रमश कमल बहादुर थापा राम प्रसाद ज्ञवाली माधव प्रसाद ज्ञवाली अर्जुन नर बहादुर खनाल रमी बिक रहनु भएकाे छ ।यसैगरी सदस्य हरुमा भिम चन्द बिष्णु बहादुर चन्द सरिता घर्ति मुना घर्ति मेघराज सापकोटा र फर्शुराम नेपाल रहेका छन ।रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडाध्यक्ष रामलाल बिक र वडासदस्य फर्सुराम ज्ञवालीकाे राेहबरमा सडक निर्माण उपभोक्ता समिति गठन गरिएकाे सचिव माधव प्रसाद ज्ञवालीले अर्जुनले जानकारी दिनु भयाे ।

२०७३ सालमा माधव प्रसाद ज्ञवाली अर्जुनकाे पहलमा चन्द्र भण्डारी मार्फत साँसद विकास काेषकाे ६ लाख रकमले याे सडक १ किलोमिटर खन्ने काम भएपनि पाँच वर्ष सम्म कुनै बजेट नपर्दा अलपत्र थियाे ।

याे पटक लुम्बिनी प्रदेशबाट १५ लाख बजेट बिनियाेजन भए सँगै सडककाे ४ मिटर चौडा ट्र्याक खाेल्ने काम शुरु हुने भएकाे छ ।

करिब पाँच किलोमिटर लामाे याे सडक बने सँगै स्थानिय बर्दिबास मकवादि रह सातमुरे हुँदै भट्कुवा पुग्न सहज बन्ने देखिएकाे छ भने मकवादिकाे दलित बस्तिलाई आवागमनमा सजिलाे र रिडी नजिकैकाे वर्दिवास क्षेत्रमा रिडी बजार बिस्तार हुने सँभावना समेत रहेकाे छ ।

याे सडक बने सँगै तानसेन रिडी तम्घास पक्कि सडकबाट भट्कुवा पुग्न सबैभन्दा सजिलाे बाटाे बन्ने छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।