वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन
रामकृष्ण कंडेल,वामीटक्सार
नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।अनलाईन बैठक मार्फत दुई महत्वपुर्ण कार्य समितिहरु पनि गठन गरिएको छ।उक्त नबगठित संस्था को नाम "वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ" रहने अमेरिकामा कार्यरत अन्तरास्ट्रिय समन्वय समितिका सचिब कुशल खरेलले जानकारी दिनु भयो।समन्वय समितिका सचिब खरेलका अनुसार कामको शिलसिलामा बिश्वका धेरै मुलुकमा पुग्नु भएका मुनपा८ठुलाखर्कका युवा हरू उपस्थिती रहेको जुम बैठकले शुभकामना आदानप्रदान र संस्थाको बिधान२०७७लागु गर्दै अघि बढ्ने प्रतिबध्दता ब्यक्त गरिएको थियो।बैठक लाई संम्बोधन गर्नुहुदै प्राध्यापक डा• इश्वरी प्रसाद पाण्डेयले निकै सान्दर्भिक बिषयबस्तु समाबेश गरेर रुखको हाँगाबिंगा र जराको महत्व अनि करङखोला र सागरको महत्व बारे प्रकास पार्दै वामि बिश्व सम्पर्क मञ्च, यसका शाखाहरु तथा यो नबगठित प्रथम इकाइको सन्देश ले समाजमा गर्ने न्याय बारे प्रस्ट्याउनु भएको थियो।संरक्षक रोमकान्त सापकोटाले नबगठित संस्था लाई शुभकामना दिनुहुदै यो संस्था सबै ठुलाखर्कप्रेमीहरुको साझा मन्च हुनेमा द्विबिधा नराख्न आग्रह गर्नु भएको थियो।
हेमनाथ खरालले संस्थाको प्रगतिको कामना गर्दै गाउँको लागि गर्न नसकिने भन्ने चिज केही पनि नभएको मात्र इच्छाशक्तिको कमि भएको र सबै मिलेर गाउको समृद्धि बारेमा सोच्नुपर्ने बताउनुभयो।नबगठित संस्थाका अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष झबिन्द्र खरेलले यो सस्था कोहि कसैप्रती लक्षित नभइ गाउँ मा भैपरी आउने समस्याहरु हल गर्न सहयोगीको रूपमा रहने जानकारी गराऊनु भयो।समाजसेवी ब्यक्तित्व तथा संस्थाका अन्तरास्ट्रिय समितिका सल्लाहकार शिवशंकर लामिछानेले यो अभियान हाम्रो लागि एउटा नया सप्ताह महाँयज्ञ रहेको र यो गाउँको लागि सुनौलो अबसर हो भन्नुभयो। संस्थाका उपाध्यक्ष मेघनाथ खराल(मुकुन्द) ले बोल्दै "गाउँको तितेपाती बाट साबुन बन्ने गरेको कुरा" सुनेको थिएँ, हाम्रो गाउठाउ मा जन्मेर हुर्केर जिबनमै ठुलो ख्याति कमाइ सक्नुभएका सम्पुर्ण विद्वान अग्रज हरुले उपहार स्वरुप एउटा-एउटा नया भिजन गाउँलाइ दिनुपर्ने बिचार ब्यक्त गर्नु भएको थियो।
स्थानिय समितिका कोसाध्यक्ष्य बेदप्रसाद खरेल ले संस्थालाई दिगो बनाउन हरसम्भव प्रयास गर्ने बताउनुभयो। संस्थाको स्थापना गर्दाका महत्व लाई ध्यान दिन स्थानिय समितिका सल्लाहकार शेसकान्त खरेल ले आग्रह गर्नुभएको थियो।समाजसेबी तथा संस्थाका स्थानिय समितिका सल्लाहकार बुद्धिप्रसाद खरेलले कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।दक्षिण कोरिया कर्मथलो बनाउनुभएका संस्थाका अन्तरास्ट्रिय समितिका सदस्य धनबहादुर बिश्वकर्माले शुभकामना ब्यक्त गर्दै वामीमा कैयौ सुत्केरीको अकालमा ज्यान जाने अबस्था रहेको, बृद्धबृद्दाहरु बृद्धभत्तानै लिन जान नसकेर अनाहकमा मृत्युबरण गर्नुपरेको प्रसंग हरू संस्मरण गराऊनु भएको थियो।यो अबस्था फेरि नआओस,नबगठित संस्था यिनै कुराहरुमा केन्द्रीत हुनुपर्यो भन्ने कुरामा बि क को जोड रहेको थियो।
इन्जिनियर गोपाल खरेलले नबगठित संस्था लाई आफ्नो पुर्ण साथ-सहयोग र सद्भाव रहने भन्दै, गाउको लागि नया योजनाहरु तर्जुमा गर्न र बिकासका मुल फुटाउन आग्रह गर्दै यस्को लागि सक्दो सहयोग गर्न आफु सदा तयार रहेको जानकारी दिनुभयो। मन्तब्यकै क्रममा बेलायतबाट कमल खरेलले संस्थालाइ चुस्त दुरुस्त राख्न आबस्यक नीति नियम तुरुन्त बनाउन माग गर्नु भयो। जापानमा अध्ययनरत युबा बिध्यार्थी हिमाल लामिछानेले बिदेशमा बसेर पनि गाउँको स्थानीय समिति संग समन्वय गर्दै गाउँको रेखदेख गर्न सकिने अबस्था रहेको जानकारी दिनुभयो। जापान लाई कर्मथलो बनाउनुभएका युवा कमल खरालले बैठकमा बोल्दै गाउबिकास आफैबाट सुरुवात गर्ने उद्घोष गर्नुभयो।
कार्यक्रम चलिरहेकै बेला नबगठित संस्थाका स्थानिय समितिका अध्यक्ष हुमाकान्त खराल ले ईन्टरनेट को समस्याको कारण सभामा उपस्थित हुने चाहना हुदा हुँदै पनि उपस्तित हुन असमर्थ रहेको भन्दै एक सन्देश मार्फत स्थानीय समितिको भेला राख्ने जानकारी पठाउनुभएको थियो।चार घन्टा भन्दा बढी चलेको कार्यक्रममा करिब दुइ दर्जन बक्ताले बिचार राख्नुभएको कुशल खरेलले जानकारी दिनु भएको छ।सबै बक्ताहरुले एकै स्वरमा आफू जन्मे हुर्केको गाउठाउको बिकास कसरी गर्न सकिन्छ र नमुना गाउँ कसरी बनाउन सकिन्छ भन्ने कुरामा भनाई हरू राखेको बुझिएको छ।
संस्थाका सचिब प्रकाश लामिछानेले छोट्टो मिठ्ठो मन्तब्य दिनुहुदै युबाको ढुकढुकी लाई सबै मिलेर मुर्तरुप दिनुभएकोमा आभार ब्यक्त गर्नुभयो।सचिब लामिछानेले गुल्मीको मुनपा ८, ठुलाखर्कमा जन्मेर बिगत केही बर्द देखि जापान लाई कर्मथलो बनाउदै आउनु भएका केही युबा हरु द्वारा एउटा सानो र ज्यादै महत्वपुर्ण सामाजिक कार्यमार्फत सुरुवात गरिएको अभियान ले एउटा सामाजिक संस्थाको मुर्तरुप लिएकोमा खुसी ब्यक्त गर्नु भयो।कार्यक्रममा गाउठाउको बिकास को लागि युबा एकजुट हुनुको बिकल्प नरहेको बिजय लामिछानेको भनाई रहेको थियो।ईन्टरनेट को समस्याले गर्दा ठुलाखर्क निवासी डा• दुर्गा खरेलले बैठक मा भाग लिन नसकेको बताईएको छ।करिब साढे चार घन्टा चलेको अन्लाइन(जुम) कार्यक्रमको सन्चालन अमेरिका स्थित संस्थाका अन्तरास्ट्रिय समन्वय समितिका सचिब कुशल खरेलले गर्नुभएको थियो।सदस्य प्रीन्सी खरेलको स्वागत मन्तब्य,नबगठित संस्थाका अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष झबिन्द्र खरेलको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
यसै गरी स्थानिय समितिका अध्यक्ष हुमाकान्त खराल को अध्यक्षतामा प्रथम गाउँ भेला पनि सम्पन्न भएको छ।यसरी दुबै कमिटिका भेला र समिती अनुमोदन पश्चात नबगठित संस्थाले मुर्तरुप लिएको छ।यस नबगठित संस्था लाई युनिक खबर को तर्फ बाट पनि हार्दिक शुभकामना ब्यक्त गर्दछौ।