सितापुर माबिले यसईई परिक्षार्थीहरू संग गर्यो वामिटक्सारमा भेटघाट

युनिक खवर✍️

सितापुर मा वि मुसिकोट ९ गुल्मीले यस बर्ष आफ्नो बिद्यालयका यसईई परिक्षार्थी हरू लाई गुल्मीको वामीटक्सारमा भेटघाटगरी परिक्षाको अनुभव आदान प्रदान एवम शुभकामना दिएको छ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामकृष्ण कंडेल,प्रधानाध्यापक महाबिर बस्नेत,बिब्यस सदस्यहरू क्रमश कमल सापकोटा,अर्जुन गौतम,सिता घिमिरे,हिमबहादुर बि क,नबराज पाण्डे,शिक्षक अभिभावक संघका पदाधिकारीहरू घनश्याम गौतम,बलराम सापकोटा,समाजसेवि ताराप्रसाद कंडेल,पुर्ब बिद्यार्थी जगन्नाथ न्यौपाने लगायत वामीटक्सार गई आफ्नो बिद्यालयका परिक्षार्थीहरूको अनुभव सुन्ने र हौंसला प्रदान गर्ने कार्य गरिएको छ।छोंटो समय लिएर सबै परिक्षार्थीहरू लाई एकै स्थानमा केन्द्रितगरी समिति र परिक्षार्थीबिच चियापान कार्यक्रम आयोजनाले परिक्षार्थीहरूमा थप हौंसला बढेको छ।

परिक्षा केन्द्र वामीटक्सार बाट परिक्षार्थीहरूको घर निकै टाढा रहेकोले सबै परिक्षार्थीहरू वामीटक्सारमा रहनुपरेको छ।साना साना बिद्यार्थीहरू घर छोडेर परिक्षा दिनका लागि बस्नुपर्दा उनिहरूलाई कठिनाई आएकी भन्ने सोंचका साथ सितापुर मा वि ले यो भेटघाट कार्यक्रम आयोजना गरेको बिब्यस सदस्य कमल सापकोटाले बताऊनुभयो।

सितापुर मा वि का परिक्षार्थीहरूले परिक्षामा अनुशाषित ढंगमा सहभागि भएको शिक्षक प्रतिनिधि नबराज पाण्डेले बताऊनुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको