वामीटक्सार युवा क्लवका अध्यक्ष राजन खत्री द्वारा धन्यवाद ज्ञापन

रामकृष्ण कंडेल,वामीटक्सार 

वामीटक्सार युवा क्लवका अध्यक्ष राजन खत्री द्वारा क्लबको वार्षिक कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्नु हुने सम्पूर्ण सहयोगदाताहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ l क्लबले मंसिर १५ गतेदेखि हिजो सम्म आयोजना गरेको वार्षिक कार्यक्रम निकै भव्य र सभ्य रुपमा सम्पन्न भएको खुसीयालीमा सम्पूर्ण सहयोगदाताहरु प्रति क्लबको तर्फ बाट धन्यबाद ज्ञापन गर्दै अध्यक्ष खत्रीले भन्नुभएको छ “यो कार्यक्रम निकै भव्य र सभ्य रुपमा सम्पन्न भएको छ यसलाई सफल बनाउनको लागि देश विदेशमा रहनुभएका कलव सँग सम्बन्धित सम्पूर्ण बुवा आमा दाजुभाई दिदीबहिनीहरु को आर्थिक भौतिक र नैतिक सहयोग  रहयो उहाँहरूको  सहयोग बिना कार्यक्रम लाई यो स्तरबाट सम्पन्न गर्न हामी असमर्थ हुने थियौं तसर्थ क्लब का अध्यक्ष तर्फबाट  उहाँहरू सबैलाई मुरी मुरी धन्यवाद ज्ञापन गर्दछु”

 क्लब अध्यक्ष राजन खत्रीले भन्नुभएको छ “कार्यक्रम लाई सफल बनाउन को लागि वामीटक्सार युवा क्लबका सम्पूर्ण पदाधिकारीहरु,आर्थिक सहयोग दाताहरु, विज्ञापन  दाताहरु,स्वयंसेवकहरु,पत्रकारहरु,सुरक्षा निकाय,बजारबासीहरु,खेलाडीहरु सबैले अनुशासित ढंगबाट आफ्नो भूमिका  निर्वाह गर्नुभएको छ l उहाँहरूले निर्वाह गर्नुभएको भूमिका प्रति क्लबको तर्फबाट कृतज्ञता व्यक्त  गर्दछु”

 बिशेष गरेर युवाहरूको एकता लाई मध्यनजर गर्दै स्थापित यस क्लवले यस क्षेत्रको विकासमा सहयोग पुर्याउने सुन्दर,सफा र स्वच्छ वामीटक्सार बनाउनको लागि क्लब क्रियाशील रहने छ भन्ने वचनबद्धता व्यक्त गर्दै अध्यक्ष खत्रीले भन्नुभएको छ “आगामी दिनमा पनि क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यक्रमा अहिलेकै जस्तै गरेर तन,मन धन बाट सहयोग गर्नु हुनेछ भन्ने आशा लिएको छु” विशेष गरेर यस क्लवले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिता तथा खुला रेकर्ड डान्स प्रतियोगिता मा सहभागी सम्पूर्ण खेलाडी तथा कलाकारहरू लाई समेत धन्यवाद व्यक्त गर्नुभएको छ l अध्यक्ष खत्रीले भन्नुभएको छ “यस वर्ष आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिता तथा रेकर्ड डान्स प्रतियोगिताले धेरै खेलाडी तथा कलाकारहरूको मन छोएको बताउँदै आगामी दिनमा पनि यस्ता प्रकारका कार्यक्रमहरु आयोजना गर्नेछौँ” 

 स्मरणरहोस्  वामी वामी टक्सार युवा क्लबले मंसिर १५ गते वामीटक्सार बजारमा भव्यताकासाथ कार्यक्रमको उद्घाटन गरिएको थियो भने हिजो समापन गरेको छ l 

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको