नेपाली काँग्रेस मुसिकोट नगर सभापतिमा झविलाल भण्डारी चयन !

नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमिति सभापतिमा झविलाल भण्डारी चयन हुनुभएको छ । शनिवार सम्पन्न नगर स्तरीय विशेष अधिवेशनले भण्डारीलाई सर्वसम्मत सभापति पदमा चयन गरेको हो ।

प्रथम अधिवेशनबाट नगर सभापति पदमा निर्वाचित मोहन घिमिरेको गत भाद्र २ गते निधन भएपछि सभापति पद रिक्त रहेको थियो । रिक्त रहेको पदमा पदपूर्ति गर्न शनिवार होटल दरबारमा सम्पन्न विशेष अधिवेशन नेपाली काँग्रेसले विशेष अधिवेशन आह्वान गरेको थियो ।

सभापति पदका लागि २ जनाको उम्मेदवारी परेको थियो । मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष समेत रहनुभएका रविन्द्र केसी र झविलाल भण्डारीको उम्मेदवारी परेपनि अन्तत सर्वसम्मत भण्डारी सभापति पदमा चयन हुनुभएको हो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको