मुसिकोट युवा क्लवको भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न !

सागर भण्डारी, गुल्मी✍️

मुसिकोट युवा क्लव मुसिकोट गुल्मीले नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नं ७ वामीटक्सार स्थित होटल दरबारमा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष बसन्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दैै अधिकारीले क्लवले नगरपालिकाका ९ वटै वडामा शाखा विस्तार गरी सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको बताउनुभयो । त्यस्तै उहाँले स्थानीय तहलाई पनि नमुना देखाउने गरी कार्यक्रम गर्ने योजना क्लवले बनाएको भन्दै विशेषगरी शिक्षा, स्वास्थ्य र युवा सशक्तिकरणको क्षेत्रमा क्रियाशिल रहेको बताउनुभयो ।

क्लवका महासचिव बिष्णु प्रसाद आचार्यले भित्तेपात्रोमा नगरपालिका भित्रका ऐतिहासिक धार्मिक स्थलहरु, नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्था, विभिन्न व्यक्ति तथा संस्थाका महत्वपूणर् फोन नम्बरहरु समावेश गरिएको जानकारी दिनुभयो । भित्तेपात्रो मिति हेर्नकै लागि नभएर अन्य कार्यहरुका लागि समेत उपयोगी रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेल, लुम्बिनी वामी हस्पिटल प्रा.लिका व्यवस्थापक दिपेन्द्र ज्ञवाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भने सामुदायिक रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर प्रकाश घिमिरे, समाचार प्रमुख सागर भण्डारी, स्थानीय समाजसेवीहरु रामचन्द्र सापकोटा, प्रकाश केसी लगायतको उपस्थिति रहेको थियो ।

क्लवका बरिष्ठ उपाध्यक्ष एवम् क्यालेण्डर प्रकाशन समिति संयोजक अनुप पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा मुसिकोट युवा क्लव वडा नं ७ का अध्यक्ष शिला खरालको स्वागत मन्तव्य एवम् महासचिव बिष्णु प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको