मुसिकोट नगरपालिकामा प्रथम मेयर रनिङ कप खेल उदघाटन

रामकृष्ण कंडेल,भुवाचिदी✍️
गुल्मीको मुसिकोट नगरपालिकामा प्रथम मेयर रनिङ कप २०८० को अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।प्रतियोगिताको लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले उद्घाटन गर्नु भएको हो।


एक लाख ५० हजार प्रथम पुरस्कार रहेको यो प्रतियोगितालाई जिल्लावासीले निकै रोचक ढङ्गले हेरिरहेका छन भने त्यस नगरपालिकाले ऐतिहासिक र गौरवमय खेलका रुपमा लिएको छ। दोश्रो पुरस्कार राशि एक लाख रहेको छ। तेस्रो पुरस्कार राखिएको छैन। जिल्ला बाहिरका समेत प्रतियोगितामा १० टिम दर्ता भएको छ।


कार्यक्रममा पुर्व मेयर सोमनाथ सापकोटा,पुर्व उपमेयर कमला शर्मा,वर्तमान उपमेयर गंगा श्रेष्ठ,जिल्ला समन्वय सदस्य सावित्रा भण्डारी,प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवर,नेपाल बिध्यालय भलिवल कमिसनका अध्यक्ष राम के सी लगायतको विशेष आतिथ्यता रहेको थियो।


उद्घाटन सत्रमा राष्ट्रिय कलाकार उज्वल गिरी लगायतका कलाकारहरूको सांगितिक प्रस्तुतिले कार्यक्रम निकै रोचक बनेको थियो।


नगरप्रमुख जिवलाल खरेल जीवन को अध्यक्षता,प्रदेश सभासद डिल्लीराज भुसाल को प्रमुख आतिथ्यता,नगर खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप खत्रीको स्वागत मन्तब्य रहेको आजको कार्यक्रमको संचालन मुसिकोट शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले गर्नुभएको थियो।मेयर रनिङ् कपको फाईनल खेल कार्तिक २४ गते हुनेछ।
