गुल्मीको महेन्द्र आदर्श माविले नमुना देखायो

एकै दिन गुल्मीको वामीटक्सार स्थित महेन्द्र आदर्श माविले ३ ओटा महत्वपुर्ण कार्यक्रमहरू सम्पन्न गरी नमुना देखाएको छ।आफ्नो ६५ औं बार्षिकोत्सब,अभिभावक दिवश र बार्षिक परिक्षाफल प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम आज सम्पन्न गरिएको हो।कार्यक्रमको नाममा तयारी को लागि भन्दै पठन पाठन कार्यनै रोक्ने परिपाटी लाई महेन्द्रले यो बर्ष देखि अन्त्य गरेको छ।यस कार्यको सबै क्षेत्र बाट प्रसंसा गरिएको समाचार युनिक खवर डट कम लाई प्राप्त भएको छ।

बिद्यालयले आफ्नो कार्यक्रममा स्थानिय सरकारको प्रतिनिधित्व गर्दै नगर उपप्रमुख,मुख्य प्रशासकिय अधिकृत,शिक्षा शाखा प्रमुख,मुसिकोटका राजनितिक दलका प्रमुख वा प्रतिनिधि,मुसिकोट लाई मुख्य कार्य क्षेत्र मानी कार्य अगाडि बढाईरहेका मिडिया हाऊसका प्रमुख वा प्रतिनिधि,सुरक्षा निकाय प्रमुख सहित ठुलो संख्यामा बिद्यालयका अभिभावकहरू उपस्थित गराऊन सफल भएको छ।

कार्यक्रम कसरी रोचक तथा उपलब्धिमुलक बनाऊन सकिन्छ भनी प्रधानाध्यापक देबिराम शर्मा लगायत सबै शिक्षकहरू बिहानै देखि सॅाझ सम्म खटेको देखियो। 'नगरकै नमुना बिद्यालयमा आयोजित कार्यक्रम नमुनानै बनाऊनु पर्छभनी हामिले कार्यबिभाजनका आधारमा भुमिका निर्बाह गर्यौं’बिद्यालयका शिक्षक बिष्णु प्रसाद आचार्य ले युनिक खवर डट कम संगको कुराकानीमा बताऊनुभयो।

‘आज सम्पन्न गर्नुपर्ने निर्धारित कार्यक्रमहरू धेरै थिए,कार्य बिभाजनका आधारमा आफ्नो कर्तब्य बोधगरी घरमा भन्दा बढी खटेर बिद्यालयको कार्यक्रम लाई उत्कृष्ट र नमुना बनाएका छौं’बिद्यालयका शिक्षक संझना सापकोटा कंडेलले बताऊनुभयो।

‘अभिभावकहरू लाई बोलाएको कार्यक्रममा बिद्यार्थीहरूको अनुशाषित ढंगको बसाई राम्रोहुने भएकोले म दिनभर बिद्यार्थीहरूकै बिचमा रहें,उनिहरू संगै बसेर सहयोगी भुमिका निर्बाह गरें’शिक्षक हरिनारायण सापकोटाको भनाई रहेको थियो।

अभिभावकहरूका बिचमा परिचित शिक्षक अनन्तलाल भण्डारी तथा धनपती खरेल उदघोषकको भुमिकामा रहनुभएकोले अतिथिहरू आऊॅदा बित्तिकै मिठासपुर्ण र ओजिलो ढंगबाट आसन ग्रहण गराऊने शैलिले कार्यक्रम निकै सभ्य देखिन्थ्यो।मन्चमा आसन ग्रहण गरेको लगत्तै अतिथि लाई शिक्षक निर्मला देबि श्रेष्ठ र शिक्षक बिनु बज्राचार्य ले टिका माला प्रदान गर्नु निकै जिम्मेवारीका साथ भुमिका निर्बाह भएको महसुस गरिएको छ।

कार्यक्रममा कतै कमिकमजोरीहरू देखिनेहुनकी भन्ने बिषयमा प्रधानाध्यापक देबिराम शर्मा शुरू देखि अन्तिम सम्मनै निकै सतर्क तथा चनाखो अवस्थामा देखिनुभएको थियो।

कार्यक्रममा अतिथिहरूका शुभकामना मन्तब्य सहित बिचबिचमा प्रस्तुत सांगितिक प्रस्तुतिले कार्यक्रमा सहभागिहरू लाई रमाईलो बाताबरण प्राप्त भएको थियो।कक्षा १-१२ सम्म अध्ययन गर्ने बिद्यार्थीहरू बाट प्रथम,द्वितिय,तृतिय हुनेहरू लाई,हाजिरी,अनुशासन मा कक्षागत रूपमा उत्कृष्ट हुनेहरू लाई पुरस्कृत गरिएको छ।बार्षिक रूपमा बितरण गर्नुपर्ने अक्षयकोषको रकम पनि आज बितरण गरिएको छ।

कार्यक्रममा बक्ताहरूको जोड

कार्यक्रमका प्रमुख अतिथि गंगा श्रेष्ठ ले सबै शिक्षक,कर्मचारी,नेता,जनप्रतिनिधिले आफ्ना छोरा छोरी लाई यस बर्ष देखि सरकारी बिद्यालयमा भर्णा गर्न आग्रह गर्नुभयो।

आजको कार्यक्रममा बिशेष अतिथि हुनुहुन्थ्यो मुनपाका प्रशासकिय अधिकृत बिनोद कॅुवर।शुभकामना मन्तब्यको क्रममा कॅुवरले ‘सरकारी बिद्यालयमा बिद्यार्थीहरू संग कुनै प्रकारको शुल्क नलिन र लिएमा कार्बाहि गरिने’बताऊनुभएको छ।’नियम बिपरित कार्य गर्न कसैलाई छुट हुनेछैन’प्रशासकिय अधिकृत कॅुवरले बताऊनु भयो।

‘सामुदायिक बिद्यालयहरूमा शैक्षिक गुणस्तर तत्काल सुधारौं’कार्यक्रमका बिशेष अतिथि मुसिकोट शिक्षा शाखा प्रमुख प्रकाश नेपालीको बिशेष जोड थियो।

कार्यक्रममा सम्पुर्ण अभिभावकहरु लाई उपस्थितहुन केहिदिन अगाडिदेखिनै शिक्षक कर्मचारिहरूको सकृयतामा पत्राचार,सुचना टोल टोलका घरहरूमा पुर्याईएको थियो।

कार्यक्रममा नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले,नेपाली कॅाग्रेसका पुर्व जिल्ला सचिब हरिनारायण सापकोटा,समाजसेवि अग्निधर लोहनी,युनिक खवर डट कमका प्रधानसम्पादक रामकृष्ण कंडेल,जिटिभी का अध्यक्ष दिपक नेपाली,पत्रकार सागर भण्डारी,पत्रकार प्रकाश घिमिरे,समाजसेबि महेश बहादुर जि सी,समाजसेवि रामचन्द्र श्रेष्ठ,वडासदस्य लक्ष्मण खराल,शैक्षिक ब्यक्तित्व टंकनाथ भण्डारी,गजाधर सापकोटा,समाजसेवि डिलाराम खरेल,वामीप्रहरी प्रमुख लक्ष्मण बि क लगायतको बिशेष उपस्थिति रहेको थियो।

बिब्यस अध्यक्ष सन्तोष शाक्यको अध्यक्षतामा आजको कार्यक्रम सम्पन्न भएको थियो।

महेन्द्र आदर्श नमुना मा वि मा अंग्रेजी माध्यम कक्षा नर्सरी देखि १२ सम्म,नेपाली माध्यम कक्षा ४ -१२ सम्म,सिभिल ईन्जिनियरिड० कक्षा ९-१२,शिक्षा मानबिकी र बाणिज्य समुह कक्षा ११ र १२ सम्म पढाईहॅुदै आएको बिद्यालयमा गठित शिक्षक अभिभावक संघ अध्यक्ष नरबहादुर खत्री(बाबुराम)ले बताऊनुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको