कर्मशिल पत्रकार कलश

कलश खरेल नाम पनि सरल, वोलिमा मिठास, व्यक्तित्व निकै आकर्षक, जस्तो तनमन उस्तै छ उनको उदारणीय र प्रंशसनीय कर्म।खरेल पछिल्लो समय युरोपका चर्चित तथा लोकप्रिय पत्रकार हुन्। पत्रकार खरेलको सक्रियता साच्चिकै लोभलाग्दो छ । उनी र म केही बर्षदेखि निकट छौं ।उनी विदेशमा छन् तर म नेपालमा छु, फरक यत्ती हो।

पत्रकारीताका बिषयमा हामी निकट पनि छौं।उनको सक्रियता र जागरुपता देखेर मलाई पनि केही शब्दहरुले उनीमाथि विवेचना गर्न मन लाग्यो।

खरेलको पत्रकारीताप्रतीको अनुशासन, इमान्दारीता,लगनशीलता उदारहणिय छ।खरेल यतिखेर युरोपको दक्षिणी भेगको सुन्दर र चर्चित देश पोर्चुगलमा छन्। पत्रकार खरेलले पोर्चुगलबाटै नमूना नेपाल अनलाइन पत्रिका संचालन गरिरहेका छन् भने नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव समेत छन् । विदेशमा कठिनाइकाबीच समाचार सम्प्रेषण गर्नु सामान्य बिषय पक्कै हैन। कामको व्यस्तताबीच पनि खरेलले लगातार सूचनामुलक जानकारी एवं समाचार प्रकाशित गरिरहेका छन्।

खरेल आफ्नो अनुभव सुनाउँदै भन्छन्: विदेशमा हामीले चाहेर पनि होल टाइमर पत्रकार हुन सकिदैन।मुख्यरुपमा रोजगार भनौं वा कामलाई नै प्राथमिकता दिनुपर्छ।काम गरेनौं भने आर्थिक अभावका बाछिटाहरुले घेर्छन्।यद्यपि पत्रकारीता भनेको नशा रहेछ हेर्नुस्।जसरी चुरोटको लत बसेपछि छोड्न गाह्रो हुन्छ,त्यसरीनै यो पेशालाई चटक्कै छोड्न नसकिंदो रहेछ।हामीले पोर्चुगलमा हुने हरेक नेपाली समुदायका कार्यक्रम ,घटना ,खबरलाई प्रमुखताकासाथ नमूना नेपाल मार्फत प्रकाशित गर्दै आएका छौं।साथसाथै नेपाल लगायत विश्वभरीका घटना ,परिघटनालाई विशेष प्राथमिकताकासाथ खबर प्रवाह गरेका छौं।

खरेलको जीवनयात्रालाई पनि यहाँ केही समेट्ने कोशिस गरिएको छ :

नुमानाथ न्यौपाने /रामकृष्ण कंडेल

मानिस सर्बश्रेस्ठ तथा चेतनशिल प्राणी हो,जन्मदेखि मृत्यु सम्म मानिसमा विभिन्न किसिमका इच्छा तथा आकङ्क्षाहरुले जन्म लिईरहेका हुन्छन,,कोहि ब्यक्ती आफ्नो स्वार्थ पूरा गरेर रमाईरहेका हुन्छन त कोहि ब्यक्ती समाजमा नै उदाहरणिय पात्रको रुपमा आफुलाई परिचित गराउन प्रयत्न गरिरहन्छन! जतिनै धेरै इच्छा तथा आकङ्क्षाहरुले जन्म लिएता पनि मानिस सफलताको शिखरमा पुग्नको निम्ति एउटै बाटोलाई अबलम्बन गरेको हुनुपर्छ र उसको पहिलो उद्देश्य के हो त त्यसतर्फ नै पाईला अगाडि बडाईरहेको हुनुपर्छ!

कोहि ब्यक्ती समाज मा रहदा मात्र नभएर आफ्नो देश अनि गाउँ बाट धेरै दुर रहदा पनि आफ्नो लक्ष अनि आफ्नो पेशालाई निरंतरता दिईरहेका हुन्छन,त्यसैमध्यका एक हुन पत्रकार कलश खरेल:उनको जन्म गुल्मी जिल्ला मुसिकोट नगरपालिकाको आपचौर मा बुवा सुर्यमुर्ती खरेल र आमा राधा खरेल को कोखबाट भएको हो,उनी बुवा/आमा को सबैभन्दा प्यारो सन्तान थिए,उनी सानै देखि हसिला ,भद्र स्वभाव भएका साथै सबैको मिलनसार साथि को रुपमा चिनिन्थे,उनि केहि समय गाउकै स्कुल बाट आफ्नो शिक्षा आर्जन गरेका थिए,उनी स्कुल मा पनि जेहेन्दार,अनुशाशित तथा तिक्ष्ण बुद्दी भएका बिद्धार्थी थिए,सम्पुर्ण शिक्षकहरुको नजरमा उनि आखामा राख्दा पनि नबिझाउने बिद्धार्थिको छवि उनले बनाएका थिए।अतिरिक्त क्रियाकलाप मा भाग लिने तथा खेलकुदमा पनि उनको सार्है रुचि थियो।उनी आफ्नो स्कुले जिबनमा कहिल्यै पनि अशभ्य भएनन सधै अब्बल नै भैरहे,पढाईकै क्रममा उनी केही समय गाउमा पढेपछि फेरि उनले आफ्नो स्कुले जीवन लाई नेपालगन्ज मा अध्ययन गरेर बिताए, नेपालगन्ज बाट एस एल सि उत्तीर्ण गरेपछी उच्च शिक्षा हासिल गर्न को निम्ति राजधानि जाने सोच बनाएर उच्च शिक्षाको लागि काठमाडौ लागे।सुरुमा राजधानी बसाई उनलाई त्यति सहज हुन सकेको थिएन किनकी उनी गाउदेखि त्यहाँ गएका थिए,गाउको माहोल अनि राजधानि काठमाडौ को माहौल बिल्कुल भिन्न थियो। त्यै पनि उनी संघर्ष गर्दै त्यहाका मानिस अनि समाज सङ्ग घुलमिल हुँदै आफ्नो अध्ययन लाई निरन्तरता दिदै गए। उनले त्यहा बाट आईए उत्तीर्ण गरे त्यसपछी उनी अब आफै केही परिश्रम गरेर नै आफ्नो पढाइ लाई निरन्तरता दिदै अगाडि बढ्ने प्रयत्न गरे। सुरुवातमा काठमाडौंबाट प्रकाशित हुने स्थानीय साप्ताहिकमा काम गरे।केही समय त्यहाँ काम गरिसकेपछि हुने देशकै लोकप्रिय पत्रीका कान्तिपुर पत्रीकामा आवद्ध भए।उनी २०७४ सालमा पोल्यान्डको राजधानी वार्सा आइपुगे।वार्सामा झर्दा समेत उनको मन नेपालको मिडियाप्रती एकोहोरो नतमस्तक भैरहेको उनी सुनाउछन्।पोल्यान्डमा केही समय बसाई पश्यात उनको पोल्यान्डकै चर्चित अनुहार एवं पानी अभियान्ता मित्रलाल पार्देसँग भेट भयो।मित्रलाल पार्दे सँगको चिनापर्ची र घुलमिल भएपछि उनी पोल्यान्डको वार्साबाट संचालित पोल्यान्ड नेपाल डट.कममा आवद्ध भए।सम्पादकको रुपमा आवद्ध भएका खरेलले छोटो समयमै पोल्यान्डको नेपाली समुदायमा समाचार प्रवाहप्रतिको चासो ह्वात्तै बढाए।पोल्यान्डको नेपाली समुदायलाई मिडिया मार्फत सुचुचित गर्ने,खबरदारी गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरे।आजपर्यन्त उनको कर्मलाई पोल्यान्डको नेपालको समुदायले स्मरणमा लिइरहेको छ।झन्डै २ बर्षको पोल्यान्ड बसाईपछि उनी युरोपको चर्चित देश पोर्चुगल लागे।पोर्चुगलमा पनि आफ्नो कलमको यात्रालाई निरन्तर जारी राखेका छन्।पोर्चुगलको नेपाली समाजमा पत्रकारहरुमा चर्चा हुँदा उनको नाम पनि अग्रभागमा आउने गर्छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको