गुल्मीको मुसिकोट नगरपालिकाले बाल दिवश भव्यताकासाथ मनाऊदै

रामकृष्ण कंडेल,वामीटक्सार✍️

बाल दिवस आज गुल्मीको मुसिकोट नगरपालिकाले बिभिन्न कार्यक्रमहरू आयोजना गरी मनाऊन लागेको सुचना प्राप्त भएको छ।नगरपालिकाको सभाहलमा बिहान१०ः३० बजे कार्यक्रम शुरूहुने छ।

यस्तो रहेछ बाल दिवसको ऐतिहासिक पृष्ठभूमि र महत्त्व :

१ बिषय प्रवेश :

बालबालिकाहरुको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ। बाल दिवस आफैमा एउटा महत्त्वपूर्ण दिवस हो। कूल जनसंख्याको करिब ४० प्रतिशत जनसंख्या ओगटेको बालबालिकालाई महत्वपूर्ण मान्यता दिएर बालबालिकाको दिवसका रुपमा उनीहरु कै सहभागितामा कार्यक्रम सन्चालन र सम्पन्न गर्नु एक राम्रो र महत्त्वपूर्ण पक्ष हो।

२ बाल दिवसको प्रारम्भ :

बिश्वमा बाल दिवसको इतिहास केलाउँदा सन् १८५७ मा म्यासेचुसेट्सको चेल्सीस्थित युनिभर्सलिस्ट चर्च अफ द रिडीमरका पादरी रेभरेन्ड डा चार्ल्स लियोनार्दले बाल दिवसको सुरुवात गरेका थिए। लियोनार्दले यस दिनको नाम गुलाफ दिवस राखेका थिए। त्यसपछि यस दिनलाई बाल दिवसमा परिणत गरिएको थियो।

सन् १९२० मा टर्कीले बाल दिवसलाई आधिकारिक रूपमा राष्ट्रिय बिदाको रूपमा घोषणा गरेको थियो। सन् १९२० मा टर्की सरकार र त्यहाँका तत्कालीन पत्रपत्रिकाले बालबालिकाका लागि दिवस घोषणा गरेसँगै राष्ट्रियस्तरमा टर्कीमा बाल दिवस मनाउन थालिएको हो। यद्यपि यस उत्सवलाई स्पष्ट पार्न र यसको औचित्य सावित गर्न आधिकारिक पुष्ट श्यक रहेको बताएको थियो। यसको आधिकारिक घोषणा सन् १९२९ मा गणतन्त्र टर्कीका संस्थापक तथा राष्ट्रपति मुस्तफा कमाल अतातुर्कद्वारा राष्ट्रिय रूपमा गरिएको थियो।

सन् १९२५ मा जेनेभामा भएको बाल कल्याणसम्बन्धी विश्व सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय बाल दिवसको घोषणा गरिएको थियो। सन् १९४९ नोभेम्बर ४ का दिन मस्कोमा महिला अन्तर्राष्ट्रिय प्रजातान्त्रिक महासङ्घले जुन १ लाई अन्तर्राष्ट्रिय बाल संरक्षण दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सन् १९५० देखि जुन १ लाई तत्कालीन सोभियत रुस समर्थक धेरै देशहरूमा बाल दिवसको रूपमा मनाइन्छ। १४ डिसेम्बर १९५४ मा भारत र उरुग्वेद्वारा संयुक्त राष्ट्र सङ्घको महासभामा एक संयुक्त प्रस्ताव पेश भै सो प्रस्ताव पारित गरिएको थियो। पारित प्रस्तावमा सबै देशहरूलाई विश्वव्यापी बाल दिवस स्थापना गर्न प्रोत्साहित गरिएको थियो। पहिलो बालबालिकाहरूका बीच पारस्परिक बिचारको आदानप्रदान र समझदारीलाई बढावा दिन र दोस्रो संयुक्त राष्ट्र सङ्घको बडापत्रका आदर्शहरू र विश्वका बालबालिकाको कल्याणलाई बढावा दिने कार्य सुरु गर्ने सङ्कल्प गरिएको थियो। २० नोभेम्बर १९५९ मा संयुक्त राष्ट्रसङ्घको महासभाले बाल अधिकारको घोषणा गरेको सम्झनामा नोभेम्बर २० मा विश्व बाल दिवस मनाइन्छ।

नेपालमा बाल दिवसको थालनी:

नेपालमा सर्बप्रथम बि. सं. २०२१ मा बाल दिवस मनाइएको थियो। त्यसपछिका बर्षमा हरेक बर्ष बालदिवस मनाइदै आइएको छ। बाल दिवस मनाउन शुरु हुनु पनि एक रोचक पक्ष जोडिएको छ। बि. सं २०१७ सालको राजनैनिक परिवर्तन पछि लागू भएको पन्चायती व्यबस्थापलाई राम्रो व्यबस्था भनी बिश्वभर प्रचार गर्ने क्रममा तत्कालीन राजा महेन्द्र भारत भ्रमण गएका थिए। भारतमा हरेक क्षेत्रमा भएका राम्रा राम्रा कामको टिपोट गर्ने र त्यसलाई नेपालमा लागू गर्ने भ्रमणको उद्येश्य थियो। भारत स्वतन्त्र भएको एक दशक पूरा भैसकेको अवस्थामा भारतमा बालबालिकाको क्षेत्रमा धेरै प्रगति भएको थियो। भारतमा महात्मा गान्धीको जन्म दिन पारेर बाल दिवस मनाउने कार्यको थालनी भएको थियो। त्यही सिको गरेर नेपालमा पनि बि.सं। २०२१ साल भाद्र ४ गते तत्कालीन रानी रत्नराज्यको जन्म दिन पारेर बाल दिवस मनाउन शुरू गरिएको हो।

मिति परिवर्तन

बि.सं.२०४६ को राजनैतिक परिवर्तन पछि गठित अंतरिम सरकारले संयुक्त राष्ट्र संघ बाल अधिकार महासन्धि १९८९ लाई सन १९९० सेप्टेम्बर १४ मा अनुमोदन गर्‍यो। देशमा गणतन्त्र स्थापना हुनु पूर्ब भाद्र ४ गते मनाउने गरिएको बाल दिवस बि। सं। २०६३ देखि संयुक्त राष्ट्र संघ बाल अधिकार महासन्धि नेपालले अनुमोदन गरेको दिनको संझनामा भाद्र २९ गते मनाउन थालिएकोछ।

औचित्य :

मूलकुरा बाल दिवस कहिले मनाइन्छ भन्दा पनि दिवसले बालबालिकाले वास्तविक रुपमा उनीहरुले प्राप्त गर्नुपर्ने अधिकार पाए कि पाएनन भन्ने प्रश्न मुख्य हो। बालबालिकाले उचित स्याहार सहितको पालनपोषण, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार प्राप्त गरेका छन कि छैनन्। उनीहरुले समान सहभागिताको अबसर पाएका छन कि छैनन्। बाल दिवस मनाइ रहदा यी सबै बिषयको विश्लेषण हुनु आबस्यक छ। बाल दिवस मनाउने तरिका कस्तो हुनुपर्दछ अथवा भनौं बाल दिवस कसरी मनाउनु पर्दछ भन्ने प्रश्न आम रूपमा उठिरहेको विषय हो। बालबालिकाहरुले आफ्नो दिवस बारे आफै बुझ्ने र कार्यक्रम तय गरेर संचालन गर्ने अवस्था सृजना गर्नु पर्दछ। कार्यक्रम तर्जुमा गर्दा बालबालिकाहरुसंग बसेर कार्यक्रमको उद्येस्य, सन्चालन प्रक्रिया र सहभागिता हुने तरिका बारे छलफल गरि निलाग चोड निकाल्नु पर्दछ।

अन्तमा:

हामीले बाल दिवस मनाउन थालेको ५८ बर्ष पूरा भैसकेको छ। यतिका बर्ष बाल दिवस मनाउदा पनि हामीले बाल दिवसलाई औपचारिकतामा मात्रै सिमित गरिरहेका छौँ। खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले अपेक्षित उपलब्धी हासिल गर्न सकेका छैनौं। बाल दिवस मनाइ रहदा हरेक बालबालिकाले बाल दिवसमा आयोजना हुने कार्यक्रममा सहभागिताको अबसर पाउनु पर्दछ। उमेर, रुचि र क्षमता अनुसार सरल र सहज भाषा अन्तरक्रिया गर्न पाउनु पर्दछ। बाल दिवस मनाउने क्रममा बाल अधिकारका बिषयमा भएका राम्रा काम, उपलब्धि र चुनौतीका बिषयमा छलफल गरिनुपर्छ।राज्यका विभिन्न निकायद्वारा गरिएका प्रतिबद्धता पूरा भए नभएको समिक्षा गरिनुपर्छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको