गुल्मी प्रहरीले हत्यामा संलग्न २३ वर्षीय खाँलाई पक्राउ गर्यो

रामकृष्ण कंडेल,गुल्मी✍️
गुल्मीको शान्तिपुरमा १५ बर्षिय बालिका मनिषा रूचालको हत्यामा संलग्न भएको आरोपमा बाँके जिल्ला खजुरा गाउँपालिका-७ घर भई हाल चन्द्रकोट गा.पा- ४ बस्ने २३ वर्षीय रहिस खाँ पक्राउ परेका छन।प्रहरीले यस घटना जानकारीमा आएको १२ घण्टा नबित्दै मनिषा बलात्कार पछि हत्या घटनामा संलग्नलाई पहिचान गर्न सफल भएको छ।
कार्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिकाؘ–४शान्तिपुरस्थि हुग्दीखोलामा नग्न अबस्थामा मृत फेला परेकी मनिषाको बलात्कार पछि हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी गुल्मी जिल्ला अदालतमा ५ दिन म्याद थप गरेको हो।श्रीलंकाटोलकी शान्ति थापाको पसलमा सुर्ति किनेर फर्किएकी मनिषालाई खाँले फकाएर बोलाउँदै भित्र लगेर कुकर्म गर्न लाग्दा उनले प्रतिवाद गर्ने क्रममा उनको हत्या गरिएको प्रहरीको प्रारिम्भक निष्कर्ष छ ।