गुल्मेली समाज जापानले नयाँ बर्षको शुभकामना आदानप्रदान गर्ने

गुल्मेली समाज जापानले नेपाली नयाँ बर्ष २०८१ को पावन अवसरमा साकुरामुनी नोमिखाई तथा शुभकामना आदनप्रदान गर्ने भएको छ। प्रवासमा व्यस्त समयको बावजुत सामाजिक काममा अग्रसर गुल्मेली समाज जापानले नेपालीको नयाँ बर्ष २०८१ को अवसर पारेर शुभकामना आदानप्रदान गर्न लागिएको जानकारी समाजका अध्यक्ष महेन्द्र कुमारी अधिकारीले गराए ।

यहि अप्रिल ०६ तारिख शनिवार दिउँसो १ बजे जापानको प्रख्यात पर्यटकीय स्थल उएनो पार्कमा प्रकृतिको वरदान जापानको पहिचानको रूपमा रहेको साकुरा फूलेसँगै  बसेर नोमिखाई गरि नेपाली नयाँ बर्ष मनाउन लागेको हो ।  शुभकामना आदानप्रदान कार्यक्रममा  गुल्मेली तथा इच्छुक नेपालीलाई सहभागिता जनाउनको लागि आग्रह गरिएको  कार्यक्रमका संयोजक तथा समाजका  उपाध्यक्ष इन्द्र थापाले अनुरोध गरे ।

प्रदेशमा रहेर नेपाली नेपाली बिच आत्मिय सम्बन्ध बढाउन,  एक आपसमा परिचित हुन्,  सामाजिक कार्यमा हातेमालो गर्न साथै आपसमा सहयोग  आदानप्रदान गर्न यस कार्यक्रमले सहयोग गर्ने मात्रै नभएर सन्देश दिने समेत थापाले जानकारी दिए।

गुल्मेली समाज जापानले विभिन्न अवसर पारेर सहयोगी कार्य, रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आइरहेको जानकारी समाजका सह- कोषाध्यक्ष टिकु बिलवले जानकारी गराए।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको