नयाँ उत्साह र ऊर्जा सिर्जना गरेको अनुभूति भएको छःईन्चार्ज थापा

रामकृष्ण कंडेल,वामीटक्सार✍️

नेकपा(एमाले) गुल्मीका जिल्ला पार्टी ईन्चार्ज सुर्य थापाले गुल्मीको एमाले पार्टीपंङ्तिमा नयाँ उत्साह र ऊर्जा सिर्जना भएको बताऊनुभएको छ।एमाले गुल्मीको तर्फबाट गुल्मीका १२ वटै पालिकाहरूमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेपश्चात ईन्चार्ज थापाले उक्त निष्कर्ष बताऊनुभएको हो।लामो समयदेखि वैचारिक प्रशिक्षण नभएको गुनासो रहँदै आएकोमा यस पटक ईन्चार्ज थापाको नेतृत्वमा गुल्मीमा जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो।

पार्टी पोलिटव्युरो सदस्य तथा गुल्मी इन्चार्ज थापाका अनुसार’रेसुंङगा नगरपालिकाको तम्घासबाट २०८० मंसिर ११ गते शुरू गरिएको उक्त कार्यक्रम पुस २ गते चन्द्रकोटको शान्तिपुरमा पुगेर सकिएको हो।दुई दिनसम्म विषयगत रूपमा प्रशिक्षण गर्दै सबै पालिकामा पुग्दासम्म ८ सय जनालाई प्रशिक्षण दिइएको छ’।

जिल्लाभर नै एक दर्जन प्रशिक्षक तयार गरी विषयवस्तुकेन्द्रित दुई दिने आवासीय प्रशिक्षण गरिएको ७७ जिल्लामै गुल्मी पहिलो जिल्ला भएको छ।प्रशिक्षणले अन्तरविरोध हल गर्न,वैचारिक एकरूपता कायम गर्न, जनप्रतिनिधि र पार्टीबीच समन्वय बढाउन,महाधिवेशनद्वारा पारित नीतिको कार्यान्यन र नेतृत्वलाई स्थापित गर्न, अनुशासनको पालना गरेर परिभाषित काममा लाग्न, स्थानीय समस्याको गहिराइका साथ अध्ययन गरी समाधान खोज्न र पार्टीलाई एउटै लयमा अघि बढाउन महत्वपूर्ण योगदान पु-याउने विश्वास गरिएको छ

पार्टी पोलिटव्युरो सदस्य तथा गुल्मी इन्चार्ज सूर्य थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरू दिनेश पन्थी,जंग नेपाली र गणेश खनाल,जिल्ला अध्यक्ष बालसिंह काउछा,फर्शु पाण्डे,सोमनाथ सापकोटा,कमला शर्मा,नर्मदा भण्डारी, ललिता गौतम,गणेश श्रीपाली,धर्म विश्वकर्मा,गणेश श्रेष्ठ, जीवन खरेल, गोविन्द गौतम, चक्रबन्धु भुसाल,राजेन्द्र अर्याल, सरिता खड्का, राधिका अर्याल र लक्ष्मी पन्त लगायतले प्रशिक्षण दिनुभएको थापाले बताऊनुभयो।

प्रशिक्षण व्यवस्थापन गर्ने पालिका कमिटी अध्यक्षहरू हरि पोखरेल- रेसुङ्गा,पिताम्बर अर्याल- छत्रकोट,फर्शु ज्ञवाली- रूरू क्षेत्र,भीम पाण्डे-सत्यवती, कृष्ण खनाल- गुल्मी दरबार,लोकबहादुर खत्री- धुर्कोट,प्रेम केसी- मदाने,ओमबहादुर कार्की- मालिका, राजेन्द्रविक्रम कुँवर- इस्मा,प्रकाश काफ्ले- मुसिकोट,रामजी ढकाल- कालीगण्डकी र धाचानन्द शर्मा- चन्द्रकोटलाई ईन्चार्ज थापाले विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको