सुरुङमार्गसहित पुलको ठेक्का पाएका चिनियाँ टोली नेपालमा

काठमाडौं  l तराई द्रुतमार्ग आयोजनाअन्तर्गतका मुख्य र जटिल मानिने सुरुङमार्ग र विशेष पुल बनाउने ठेक्का पाएका दुईओटै चिनियाँ कम्पनीका अधिकारीहरू नेपालमा आएका छन्। दोस्रो प्याकेजको ठेक्का पाएको टोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेशनका अधिकारी आएको १ महीनापछि पहिलो प्याकेजको टोली काठमाडौंमा आएको न्युज पोलार अनलाइनले लेखेको छ।

पहिलो प्याकेजको छोक्रेडाँडा–धेद्रेखोलासम्मको सुरुङमार्ग तथा पुल बनाउने ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडको अधिकारी बुधवार नेपालमा आएको नेपाली सेनाले जानकारी दिएको छ। सेनाको व्यवस्थापनमा निर्माणाधिन द्रुतमार्गको दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउने टोली असार ९ गते काठमाडौंमा आई हाल साइटमा खटिएको छ।

सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले चाइना स्टेटका २३ जनाको टोली आइसकेको र १० दिन क्वारेन्टाइनमा बसेपछि फिल्डमा खटिने जानकारी दिनुभयो। कारोना संक्रमणकै बीचमा कम्पनीको टोली नेपाल आएपछि तोकिएकै समयमा आयोजना सम्पन्न गर्न थप सहजता हुने सेनाको विश्वास छ। द्रुतमार्गमा ती ३ स्थानमा सुरुङमार्ग र १६ ओटा जटिल खाले पुल निर्माणका लागि चिनियाँ २ कम्पनीसँग वैशाख ३१ ग्ते ठेक्का सम्झौता भइसकेको छ।

द्रुतमार्गमा सुरुङमार्गको दूरी ६ दशमलव ४१ किलोमीटर रहेको छ भने जटिल खाले पुलको लम्बाइ १० दशमलव ५९ किमी रहेको छ। नेपाली सेनाले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) माध्यमबाट द्रुतमार्गका यी संरचना निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ। सोहीअनुसार ती कम्पनीका अधिकारीले सुरुङमार्गसहित बन्ने विशेष पुल र निश्चित सडकको डिजाइन गर्नेछन्।

सेनाका अनुसार ६ महीनाभित्र यी कम्पनीले डिजाइन तयार गरिसक्नुपर्ने कार्यादेश छ। सेनाले रू ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेष खालका पुल निर्माण गर्ने गरी यी २ चिनियाँ कम्पनीसँग सम्झौता गरेको हो। द्रुतमार्गमा बन्ने सुरुङमार्गसहित पुलको पहिलो प्याकेजको लागत रू २१ अर्ब ६१ करोड र दोस्रो प्याकेजको लागत रू २८ अर्ब ५३ करोड छ।

सेनाले गत आर्थिक वर्ष ०७७/७८ मा रू ८ अर्ब ९६ करोड ८८ लाख बजेटमा वार्षिक प्रगति ९७ दशमलव ३४ प्रतिशत प्राप्त भएको उल्लेख गरेको छ। आयोजनाको कुल कार्य प्रगति भने १६ दशमलव २१ प्रतिशत रहेको छ भने वित्तीयतर्फ कुल १४ दशमलव ५१ प्रतिशत लक्ष्य प्राप्त भएको सेनाको भनाइ छ। गत आवमा आयोजना स्थलमा १४ ओटामध्ये ८ ओटा बेलिब्रिज जडान भई सञ्चालनमा आएका छन्।

सेनाले पुल तथा सरुङ निर्माण कार्यको लागि आवश्यक पर्ने पहुँचमार्ग निर्माण अघि बढाएको छ। हालसम्म ९१ दशमलव ५ प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्पन्न भएको भन्दै सेनाले खोकना–बुङमति इलाकामा रहेको जग्गा विवाद समाधान गर्न उप–समिति गठन गरेको उल्लेख गरेको छ। सेनाले आयोजना स्थलमा रूख कटान भएअनुसार हालसम्म २ लाख ४९ हजार १६६ ओटा रूखका बिरुवा रोपिसकेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको