गुल्मीको वामीटक्सारमा बिद्यार्थी मुल्यांकन सम्बन्धी कार्यशाला सम्पन्न

रामकृष्ण कंडेल,युनिक खवर✍️

नेपाल शिक्षक महासंघ मुसिकोटको आयोजनामा गुल्मीको वामीटक्सारमा आधारभुत तह कक्षा १ -३ मा बिद्यार्थी मुल्यांकन सम्बन्धी आयोजित १ दिने कार्यशाला सम्पन्न भएको छ।मुसिकोट नगरपालिकामा अध्यापनरत ४७ जना शिक्षकहरू सहभागि रहेको कार्यशालामा प्रमुख अतिथि हुनुहुन्थ्यो मुसिकोट नगरप्रमुख जिवलाल खरेल जीवन। बिद्यार्थीहरूको मुल्यांकनको क्षेत्रमा देखिएका प्राबिधिक समस्या र कठिनाईहरू हटाऊनका लागि शैक्षिक सत्र २०८१ को शुरूवातमै शिक्षक महासंघको पहलमा शिक्षकहरूका लागि सन्चालित तालिम बाट सिकेका राम्रा कुराहरू बिद्यालयहरूमा तत्काल कार्यन्वयन गर्नका लागि सम्पुर्ण शिक्षकहरू संग नगर प्रमुख खरेलको आग्रह थियो।बिद्यालय भित्र रचमात्मक तथा सृजनात्मक कार्यगरी शैक्षिक गुणस्तर कायम गर्नका लागि कार्यशालामा उपस्थित शिक्षकहरू संग नगरप्रमुख खरेल को बिशेष जोड थियो।

शिक्षक संघ,संगठन,महासंघ भनेका आफ्ना मागहरू राख्ने,माग पुरा गराऊन धर्नाबस्ने,माग पुरागर भन्ने खालको बुझाई रहेकोले यस खालको प्रबृती हटाऊनका लागि फरक कार्यक्रम गरौंकी भनी यो तालिम आयोजना गरिएको अध्यक्ष देबिराम शर्माले बताऊनुभयो।मुसिकोट नगरपालिका भित्रका बिद्यालयका कक्षा १-३ मा परीक्षा पुरानो शैलीको आधारमा प्रश्नपत्रहरू तयार भएको अध्यक्ष शर्माले बताऊनुभयो।पाठ्यक्रम बिकास केन्द्रको अवधारणा अनुसार परिक्षाहरू सन्चालन नभएको तितो यथार्थता अध्यक्ष शर्माले शुभकामना मन्तब्यको क्रममा ब्यक्तगर्नु भयो।’निरन्तर बिद्यार्थी मुल्यांकन फारम बास्तबिक रूपमा कार्यन्वयन गर्न हामिहरू अभ्यस्त भईसकेका छैनौं’शिक्षक महासंघ नगर अध्यक्ष शर्माको स्विकारोक्ती रहेको छ।

मुसिकोट नगरपालिका भित्रका १/२ बिद्यालयहरू बाहेक अधिकांस सबै बिद्यालयहरूमा निरन्तर बिद्यार्थी मुल्यांकन सम्बन्धी फारम नभरेको अवस्था रहेकोले यो समस्या हटाऊनका लागि यो तालिम सन्चालन गरिएको नेपाल शिक्षक महासंघ मुसिकोट गुल्मीका नगर समिति सहसचिब बिष्णुप्रसाद आचार्यले बताऊनुभयो।’हाम्रो नगरपालिका भित्रका बिद्यालयहरूमा पुरानै पध्दती अनुसार परीक्षा संचालन तथा नतिजा प्रकाशन कार्यहरु भएको’सहसचिब आचार्यले बताऊनुभयो।सहसचिव आचार्यले शिक्षक महासंघले वर्षभरि मुसिकोटमा गरेका काम सहितको प्रतिवेद समेत प्रस्तुत गर्नुभएको थियो।

सामुदायिक बिद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्नका लागि बिद्यार्थीहरूको निरन्तर मुल्यांकन आवश्यक छ तसर्थ मुसिकोट भित्रका बिद्यालयहरूमा कार्यन्वयनमा एकरूपता आओस,ऐले सम्म पाठ्यक्रम बिकास केन्द्रले भने अनुसार नगरी किन पुरानै शैली अनुसार कार्य किन भईरहेको छ भनी समिक्षा गर्नका लागि यो १ दिने कार्यशाला आयोजना गरिएको सचिब तथा ददल्का मा वि का प्रधानाध्यापक बुध्दिमणी खरेलले हामिसंगको कुराकानीको क्रममा बताऊनुभयो।

शिक्षक संघका नगर उपाध्यक्ष चिन्तामणि चालिसे तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष बाबुराम घिमिरेले कार्यक्रमको आवश्यक्ताको बारेमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा महेन्द्र आदर्श नमुना मा वि का सहायक प्रधानाध्यापक धनपती खरेल र बिज्ञान शिक्षक बिक्रम कार्की प्रशिक्षकको रूपमा रहनुभएको थियो।

कार्यक्रममा सह अध्यक्ष श्रीराम पोखरेलको स्वागत मन्तब्य,अध्यक्षता नेपाल शिक्षक महासंघ मुसिकोट गुल्मीका अध्यक्ष देबिराम शर्माको रहेको थियो साथै सन्चालन सचिब बुध्दिमणी खरेलले गर्नुभएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको