जनयुद्धका घाइते सहयोद्धालाई तीन लाख लिएर अस्पताल पुगे मिलन
जनयुद्धको समयमा टाउकोमा लागेको छर्रा निकाल्न नसक्दा क्यान्सर पीडित बनेका जमिनलाई अर्का कमाण्डर मिलन लामाले विभिन्न व्यक्तिहरुमार्फत संकलन गरिएको रु. ३ लाख ९ हजार रकम लिएर धुलिखेल अस्पताल पुगेका हुन् ।सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५, का बासिन्दा जमिनको उपचारका लागि आर्थिक अभाव भएको थियो ।