नेकपा का दुई अध्यक्ष छलफलमा

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि छलफलमा जुटेका छन्। दुई अध्यक्षबीच आज बिहान ९ बजेदेखि बालुवाटारमा छलफल जारी रहेको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए।उनले भने, ‘अध्यक्षद्वयबीच छलफल जारी छ।’ के विषयमा छलफल भइरहेको हो भन्ने खुलाइएको छैन। आजै मध्यान्ह १२ बजे मन्त्रिपरिषद बैठक पनि बस्दैछ। पछिल्लो समय दुई अध्यक्षबीच लगातार भेटवार्ता र संवाद हुँदै आएको छ।

गत आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रस्ताव गरेको थियो। बैठकमा सबै मन्त्री फेर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने र नयाँ राख्ने, राम्रा काम गरेकालाई निरन्तरता दिने लगायतका विभिन्न विकल्प प्रस्तुत भएको थियो। तर, निष्कर्ष भने निस्किन सकेन। सोही विकल्पमा रहेर मन्त्रिपरिषद् पुनर्गठनको अधिकार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई दिइएको थियो।

केही समयभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ। मंगलबार बसेको सचिवालय बैठकले पार्टी एकताका सन्दर्भमा १० दिन भित्र ठोस कार्ययोजना ल्याउन अध्यक्षद्वय र महासचिवलाई निर्देशन दिएको थियो। त्यस्तै खाली रहेका संवैधानिक तथा राजनीतिक नियुक्तिहरू संविधानको मर्मअनुसार चाँडो गर्न सरकारलाई सुझाव दिएको थियो।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।