म जीवित छँदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने छु : अध्यक्ष प्रचण्ड

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफु जीवित हुँदै विश्वमाझ नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा नेकपा भक्तपुरको जिल्ला सचिव डिपी ढकालद्धारा  लिखित पुस्तक पुँजीवादी र समाजवादी अर्थ राजनितिक विकासक्रमको सार्वजनिककरण समारोहमा बोल्दै उनले  नेता कार्यकर्तालाई समाजवादको बाटोमा लाग्न आग्रह समेत गरेका छन् । 

नेपालमा समाजवादी मोडल कस्तो हुन्छ भन्ने ग्रेट डिबलेट नै रहेको उनको भनाइ छ । उनले  दालल पुँजी र नोकर शाही पुँजीवादका अघि आत्मासर्पण गर्ने वा समाजवादी कित्ता बनाउने भन्ने विषयमा लडाइ जारी रहेको बताए।

नेपालबाट विश्वलाई समाजवादी मोडल दिन सक्ने धारण व्यक्त गर्दै समाजवादको कित्तामा उभिन अपिल गरे । त्यस्तै कार्यक्रममा उर्जमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक विकास समाजवादको मोडलअनुसार अघि बढ्ने धारणा राखे।

उक्त पुस्तक अर्थ राजनीतिसँग चासो एवं सरोकार राख्ने बौद्धिक वर्गका व्यक्तिदेखि अध्येताहरूका लागि निकै उपयोगी मानिएको लेखक ढकालले बताए । कूल ४०७ पृष्ठ रहेको पुस्तकमा समाजवादी राष्ट्र सोभियत सङ्घ, चीन र क्युबादेखि पुँजीवादी देश अमेरिका, स्वीट्जरल्याण्ड र भारतसम्मको अर्थ राजनीतिक विकासक्रमबारे स–विस्तार चर्चा गरिएको ढकालले जानकारी दिएका थिए।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।