वामी विश्व सम्पर्क मन्चका प्रबक्ता हेमनाथ खरालको आर्थीक सहयोगमा झन्डै २०० जना को लागी प्रसाद खुवाईयो

रामकृस्ण कंडेल,वामीटक्सार

गुल्मीको मुसिकोट नगरपालिका ९ डॉसिकोटमा रहेको खड्कभुमी कालिका मन्दिरले आयोजना गरेको सम्मान तथा चियापान कार्यक्रममा वामी विश्व सम्पर्क मन्च अन्तरराष्ट्रीय समितिका प्रबक्ता हेमनाथ खरालले प्रसाद सौजन्य खर्च स्वरूप रू ५ हजार आर्थीक सहयोग गर्नु भएको छ।कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि तथा दर्शक हरू झन्डै २०० जना को लागी प्रसाद खुवाईएको थियो।प्रबक्ता खराल हाल कोरियामा कार्यरत रहेता पनि उहॉले आफ्नो जन्मभूमीमा रहेको मन्दिरमा भएको कार्यक्रम सफल पार्न प्रसाद सौजन्य गर्नु प्रसंसनिय कार्य भएको सबैले महसुस गरेका छन।

साबिक गुल्मीको वामी गा बि स ७,मयडा भन्ने स्थानमा जन्मनुभएका युवा समाजसेबि हेमनाथ खराल(हेमन्त) ले यस क्षेत्रमा आयोजना हुने हरेक प्रकारका कार्यक्रमहरूमा आर्थीक,भौतिक,नैतिक सहयोग गर्दै आऊनु भएको छ।मन्दिरमा आयोजित कार्यक्रममा प्रबक्ता खराल प्रत्यक्ष रूपमा उपस्थित नभएता पनि उहॉले गर्नु भएको सहयोगको उच्च प्रसंसा गर्दै मन्दिर पुनर्निर्माण समिति तथा शहभागि हरूले खरालको सु स्वास्थ्य,दिर्घायु र अझै बढि सफलताको कामना गरिएको थियो।

स्मरण रहोस आज मन्दिर पुनर्निर्माण समितिले मन्दिर परिसरमा बिहान देखि यन आर यन जापानका सचिब टिकाराम खराल,अर्लाड०कोट सेवा समिति जापानका सचिब युबराज खराल,यादुमणी खराल,हरीप्रसाद खराल,रामु चालिसे लगायतका ब्यक्तित्व हरू लाई सम्मान कार्यक्रम राखिएको थियो।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।