वडाध्यक्ष मोहन घिमिरे झुन्डिएको अवस्थामा मृत फेला

रामकृष्ण कंडेल,घटनास्थलबाट।

गुल्मीको मुसिकोट नगरपालिका वडानं १ का वडाध्यक्ष मोहन घिमिरे आज बिहान झुन्डिएको अवस्थामा मृत भेट्टिनुभएको छ।मुसिकोट नगरपालिका वडानं १ को घम्पुड०, झॅाक्रिकाथान नजिक मोटरबाटो भन्दा केहि तल्तिर दबदबेको रूखमा घिमिरेको शरिर झुन्डिएको अवस्थामा छ।घटनास्थल भन्दा केही टाढा बस्ने घरधनीले प्रयोग गर्ने धारोमा पानी नआएपछी पानी बनाऊन जॅादा आज बिहान घिमीरे झुन्डिएको देखेपछी उक्त घटनाको पुष्टिहुन सकेकोहो।

वडाध्यक्ष घिमिरेले आज बिहान करिब ४ः३० तिर आफ्नो फेसबुक वाल बाट आफ्नो जिवन संगिनी,भाई साथीहरू लाई संबोधनगरी अल बिदा भन्दै पोष्ट गरेको स्टाटसले सबै लाई एकाएक दुखित बनायो।स्टाटस पढ्दा त्यो कसैले पताऊनै नसकिने खालको थियो।देश बिदेश बाट यो सत्य साबित नहोस भनेर प्रार्थना सहितका कमेन्टहरु आईनै रहे।धेरैलाई लाग्यो कसैले यो आईडि ह्याक गरेर गलत गरिरहेको छ,लेखिरहेको छ तर जेनहुनु थियो,जे नसुन्नु थियो,जे नदेख्नुथियो त्यो भएरै छाड्यो।

हिजो सॅाझ ७ बजे वडाध्यक्ष घिमिरे संग अमराईमा आफ्नो भेट भएको उहॅाका साथी जगत के सी बताऊनुहुन्छ।हिजो दिनभर संगै रहेका स्थानिय रामराज घिमिरे भन्नुहुन्छ’के यस्तो सुन्न र देख्न परो मत अचम्म परिरहेको छु’।वडाध्यक्ष घिमिरेको स्टाटस थाहापाएपछी उनलाई तत्काल बिभिन्न स्थानहरूमा खोजिगरेता पनि भेट्टाऊन नसकेको रामराज बताऊनुहुन्छ।

हिजो राती करिब २ बजे सम्म घिमिरे वडानं १ थामडॅाडामा रहेको बुझिएको छ।यति अबेर सम्म घरमा नगई घरबाहिर रहनुको कारण के होला सबैको चासो यता तर्फ छ।नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिको सभापति समेत रहनुभएको युवा नेता घिमिरेको मृत्युले यस क्षेत्र शोकमग्न देखिएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मी बाट प्रहरीहरू आई मुचुल्का बनाए पश्चात पोष्टमार्टम रिपोर्टका लागि घिमिरेको शब लाई तम्घास लगिने छ।

मृतक घिमिरेका १ छोरी, श्रीमती अनिता र बृध्द बिरामी बुवा हुनुहुन्छ।३८ बर्षकै कलिलो उमेरमा मुसिकोट नगरपालिकाकै चर्चित युवा नेता घिमिरेको मृत्युले सबैमा पिडा थपेको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।