एमाले मुसिकोट अध्यक्ष काफ्लेले शिवलिंग स्थापना गर्दै

रामकृष्ण कंडेल,वामीटक्सार✍️
एमाले मुसिकोट अध्यक्ष प्रकाश काफ्ले ले आफ्नै निवासमा शिवलिंग स्थापना गर्दैहुनुहुन्छ।उक्त शिवलिंग काठमान्डौंको पशुपतीनाथ मन्दिर नजिक बाट ल्याईएको हो।धर्म सास्त्रका ज्ञॅाता करिब १७ जना पन्डितको उपस्थितिमा मुसिकोट ७ टार स्थित उहॅाको गृह परिसरमा शिवलिंग स्थापना कार्य हुनलागेको छ।आध्यात्मिक क्षेत्रमा अत्यधिक समय ब्यतित गर्ने काफ्लेले शिवलिंग,प्रतिष्ठा,रुद्राभिषेक,उपनयन,हवन,घर प्रवेश,दीप प्रज्वलन (लक्ष्यवर्ती) कार्यक्रम समेत यसै अवसरमा आयोजना गर्नुभएको छ।
सानै उमेर देखि राजनितिमा होमिनुभएका युवा नेता काफ्ले धर्म संस्कृतिका ब्याख्याकारको रूपमा पनि आफ्नो परिचय बनाऊनुभएको छ।अध्यात्मिक दर्शन र भौतिकबादी दर्शन लाई एकैसाथ अगाडि बढाऊन सकेमा मात्रै सबैको कल्याणहुने काफ्लेको बिचार रहेको देखिन्छ।काफ्ले भन्नुहुन्छः’स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ ।आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ।भनिन्छ,जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन’ परम्बह्मा स्मरण,विश्वशान्ति,मनकामनासिद्धि,प्रकृति प्रवर्द्धन,जगत कल्याण,शरिर,मन,वचन तथा आत्माशुद्धि हेतु परमात्मा द्वारा रचित यज्ञ आयोजना गरिएको अध्यक्ष काफ्लेले बताऊनुभयो।उपस्थिति रहने बुझिएको छ।पुण्य प्राप्तिको अवसर लिनका लागि सबै क्षेत्रका ब्यक्तित्वहरू लाई निमन्त्रणा गरिएको छ।कार्तिक २४ गते शुक्रबारका दिन आयोजित कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताईएको छ।
अध्यात्मबारे युवा ब्यक्तित्व काफ्लेले हामिहरू संग भन्नुहुन्छः’अध्यात्म फगत ईश्वरीय चर्चा होइन।यो स्वभाव जान्ने केमेस्ट्री हो।अध्यात्म मानव मनको तहको अजब-गजब रासायनिक विश्लेषण हो ।’अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो।यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग छ।आत्मालाई परमात्माको अंश मानिन्छ।आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका,मृत्युपछि वा जन्मअघिको यर्थाथ,जीवन-मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै आध्यात्मिक मार्ग हो’ परम अक्षर अर्थत कहिले पनि नष्ट नहुने तत्व ब्रम्हा हो ।

यहि बिश्लेषणका कारण काफ्लेले आफ्नो निवासमा शक्तिशाली शिवलिंग स्थापना गर्न लाग्नुभएको हो।यस कार्यले युवाहरू प्रति आध्यात्मिक जागरण आऊने सबैले अपेक्षा गरेको देखिन्छ।