एमाले मुसिकोटले गर्यो जनविरोधी भ्रामक प्रचारप्रसारको घोरभर्त्सना

वामीटक्सार,युनिक खवर✍️
नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोटले केहिदिन अगाडि देखि योजनाबध्द ढंगबाट केहि ब्यक्तिहरूले मुसिकोट नगरपालिकामा भएका जनपक्षिय कामहरूको बिरूध्दमा चलाईएका जनविरोधी भ्रामक प्रचारप्रसारको घोर भर्त्सना गरेको छ।नगर पार्टी सचिब गोपिकृष्ण खरेलले जारीगर्नुभएको विज्ञप्तीमा भनिएको छः ‘स्वयंम वडा अध्यक्षको सिफारिसबाट राहत रकम वितरण गरिएको यथार्थलाई समेत भ्रामक तरिकाले बङ्ग्याउदै स्वयं आफैले गरेको सिफारिस विरुद्ध आफैले स्टाटस लेखेको कुरालाई हाम्रो पार्टिले गंभीर रुपमा लिएको छ’
मनमोहन अधिकारीको सरकारले सुरुवात गरेको वृद्ध भत्ता,सामाजिक सुरक्षा भत्ता लाई समेत राज्यको ढुकुटी कनिका छरे जस्तो गरियो भनेर नेपाली कांग्रेसले विरोध गरेको प्रसंग लाई एमालेले यतिवेला स्मरण गरेको हिजो प्रकाशित एमालेको बिज्ञप्तिमा भनिएको छ।
‘मुसिकोट नगरका जनता लाई स्थापित विधि,प्रक्रिया र मापदण्ड अनुसार -आगलागि हुँदा,बाढीपहिरो जादा, दुर्घनावाट या परदेशमा मृत्यु हुँदा,गरिबीले औषधि उपचारमा समस्या हुँदा,आवास घरबास असुरक्षित हुँदा, खानेपानी सिंचाइ अवरुद्ध हुँदा -विपद जस्तो संवेदनशिल अवस्थामा गरिएको राहत सहयोगलाइ बङ्ग्याएर भ्रम सिर्जना गर्ने कामले उक्त पार्टि सम्बद्ध व्यक्तीहरुमा जनताको कल्याण र सामाजिक सुरक्षाका कार्यहरु प्रति बारम्बार नकारात्मक भावना र प्रवृत्ति रहेको पुष्टि हुन्छ’एमालेले प्रकाशित गरेको बिज्ञप्तिमा भनिएको छ।
जनताको कल्याण र सामाजिक सुरक्षाका कार्यहरु प्रति बारम्बार नकारात्मक भावना र प्रवृत्ति देखाऊन थालिएकोमा एमाले मुसिकोटको ध्यानाकर्षण हुनलागेको छ।’यस्तो प्रवृत्ति अत्यन्तै खेदजनक छ’एमाले मुसिकोटले जारीगरेको बिज्ञप्तिमा भनिएको छ।
स्मरण रहोस केहि दिन अगाडि मुसिकोट नगरपालिका वडानं १ का वडाध्यक्षको फेसबुक स्टाटसबाट विपदमा परेका वडाबासिहरुलाई दिईएको राहत सहयोग लाई एमालेको नाम जोडेर राजनीतिकरण गर्न खोजेको विषय लाई एमालेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।