ददल्का को उर्लेनी मा एमालेले सम्पन्न गर्यो श्रद्धाञ्जलि सभा

नेपाल कम्युनिस्ट पार्टी एमाले मुसिकोट नगरपालिका  वडा नम्बर ९ वडा कमिटीको आयोजनामा श्रदान्जली सभा कार्यक्रम सम्पन्न भएको छ l मु.न.पा ९ ददल्का उर्लेनीमा १८ वर्षीय तिलबहादुर बि.क निधन भएको नबौ पुण्य तिथिको अवसरमा मृतक विकको आत्माको चिर शान्तीको कामना गर्दै तथा शोकाकुल परिवारजनहरु प्रति समवेदना व्यक्त गर्नको लागि पार्टीले उहाँको निवासमा श्रद्धाञ्जलि सभा कार्यक्रमको आयोजना गरेको हो l 

आफ्नो पार्टीका सहयोगी खिमबहादुर बि.क का छोरा  तिल बहादुर बि.क को निधनको खबरले सिङ्गो एमाले  वडा पार्टी दुखी बनेको छ l 

 आज आयोजित कार्यक्रममा नेकपा एमाले मुसिकोट नगर कमीटीका अध्यक्ष प्रकाश काफ्ले,वडा नम्बर ९ का वडाध्यक्ष नरेशराज खरेल,नेपाल शिक्षक महासङ्घ जिल्ला कार्य समिति गुल्मीका सचिव रामकृष्ण कंडेल ,वडा कमिटी अध्यक्ष उमाकान्त खरेल, एमालेका नेता खड्कबहादुर खत्री,नेपाल राष्ट्रिय शिक्षक संगठन मुसिकोट नगर कमिटि का कोषाध्यक्ष गोविन्द बिसि,राष्ट्रिय युवा संघका नगर कमिटी उपसचिव रामबहादुर सुवेदी लगायतको उपस्थिति रहेको थियो l 

 कार्यक्रममा प्रमुख अतिथि नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले शोकाकुल परिवार जनहरु लाई शोकको घडीमा धैर्यधारण गर्न तथा मृतक को आत्माको चिर शान्तीको कामना गर्नुभएको थियो l 

 कार्यक्रमको संचालन रामकृष्ण कंडेल ले गर्नुभएको थियो भने अध्यक्षता  उमाकान्त खरेल को रहेको थियो l

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।