आज महाशिवरात्रि : हिन्दुहरूको महान् पर्व

                      हिन्दुहरूको महान् पर्व महाशिवरात्रि फाल्गुण कृष्णचतुर्दशी तिथिमा पर्दछ । नेपालभरि धूमधामसँग मनाइने महाशिवरात्रि पर्व राष्ट्रिय पर्व हो । प्रत्येक देवीदेवताका आ–आÇना जन्मदिन हुन्छन् । हामी तिनै दिनमा ती देवीदेवताको पूजा, आराधना गर्दछौँ । महाशिवरात्रि पनि भगवान् शिवको जन्मदिन हो । फाल्गुण कृष्णचतुर्दशीको दिनमा शिवको ज्योतिर्लिङ्गको उत्पत्ति भएको मानिन्छ । त्यसैले यो दिन अत्यन्त पावनतम दिन हो । यस दिनमा दिनभरि निराहार व्रत बस्ने र राति जाग्राम बस्ने गरिन्छ । भगवान् शिवको पूजा भनेको लिङ्ग पूजा हो । लिङ्ग पूजा गर्दा शिवरात्रिको प्रथम प्रहरमा दूधले, द्वितीय प्रहरमा दहीले, तृतीय प्रहरमा घिउले र चतुर्थ प्रहरमा महले स्नान गराएर पूजा गर्नुपर्दछ । प्रत्येक प्रहरका मन्त्र पनि बेग्लाबेग्लै छन्— ऊध्र्वमुखको ईशानाय नमः, दक्षिण मुखको अघोराय नमः, पूर्व मुखको वामदेवाय नमः, पश्चिम मुखको सद्योजाताय नमः र उत्तर मुखको तत्पुरुषाय नमः ।

महाशिवरात्रि पर्वका प्रसङ्गमा लिङ्ग पुराणमा भनिएको छ, फाल्गुण कृष्णत्रयोदशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर मान्यताअनुसार महादेवको पूजा, आराधना गर्ने गरिन्छ । भगवान् शिवलाई दयालु देवता र उहाँ प्रसन्न हुनुभएमा इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ । अविवाहित महिलाहरू असल पतिको कामना गर्दै व्रत बस्दछन् र विवाहित महिलाहरू आÇना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गरेर व्रत बस्दछन्, रातभरि जागा बसी सत्संग, कीर्तन गर्दछन् । त्यसो गरेमा सीधै मुक्ति मिल्दछ र शिवलोक प्राप्त हुन्छ भन्ने विश्वास पाइन्छ ।

महाशिवरात्रिका विषयमा यस्तो किंवदन्ती प्रसिद्ध छ, एकपटक फाल्गुण कृष्णत्रयोदशीका दिनमा एउटा शिकारी शिकारको खोजीमा जंगलमा गयो । जंगलमा उसले हरिणीलाई देख्यो र धनुष उठाई मार्न तम्स्यो । हरिणीले शिकारीको छेउमै आएर मलाई नमार, मार्ने नै हौ भने भोलि मात्र मार । अहिले मेरा बालबच्चाहरू भोकले मर्न लागिसकेका छन् । तिनका लागि आहाराको बन्दोबस्त गरेर फर्किन्छु । त्यतिबेला जे इच्छा लाग्छ, त्यही गर्नू । म बेइमानी गर्ने छैन । भोलि बिहान हुनासाथ म हाजिर हुनेछु भनी शिकारीसँग अनुनय, विनय गरी । शिकारीले त्यसलाई छोडिदियो । उसले अन्य शिकार पनि भेट्टाउन सकेन र उसको रातभरि त्यही जंगलमा एउटा रूखमा बास भयो । संयोगले ऊ चढेको रूख बेलको थियो, रूखमुनि शिवलिंग थियो । जाडोको मौसम, रातको समय बिताउने क्रममा उसले अनजानमै बेलपत्र टिप्तै तल खसाल्ने गर्न थाल्यो । जाडोले स्यूस्यू गर्दागर्दै अन्जानमै शिवनामको जप पनि ग¥यो । उसको शिकारी मन पनि परिवर्तन भयो । त्यसबाट भगवान् शिव प्रसन्न भएर प्रकट हुनुभयो र इच्छा लागेको वर माग्न भन्नुभयो । उसले हजूरसँगै बसी मोक्ष पाऊँ भनेर वर माग्यो । तिम्रो इच्छा पूरा हुनेछ भनी भगवान् शिव अन्तध्र्यान हुनुभयो । बिहान हुँदा हरिणी हाजिर भई र उनले अब तिमी आÇनो इच्छानुसार गर भनी । शिकारीले महादेवको दर्शन र कृपा प्राप्त गरी पापबाट मुक्ति पाइसकेको थियो । उसले शिकारी प्रवृत्ति त्याग्ने प्रतिज्ञा गरिसकेको थियो । त्यसैले उसले हरिणीलाई मुक्ति दियो ।

महाशिवरात्रिका दिनमा लाखौँ हिन्दु भक्तजनहरूले पशुपतिनाथको दर्शन, पूजन गरी धुनी जगाएर रातभर जाग्राम बस्दछन् । देश, विदेशबाट मानिसहरू पशुपतिनाथको दर्शन गर्न आउँछन् । पशुपतिनाथमा यस दिनमा ठूलो मेला लाग्दछ । अन्य शिव मन्दिरमा पनि यस दिन दर्शनार्थीहरूको घुइँचो हुन्छ । यस दिन नेपालमा सार्वजनिक बिदा दिने चलन छ । सरकारी स्तरबाट पनि टुँडिखेलमा बन्दुक र तोप पड्काएर श्री पशुपतिनाथको बढाइँ गरिन्छ । नेपालका अतिरिक्त यो पर्व भारतको वाराणसी, वैद्यनाथधाम, उज्जैन र इण्डोनेशियाको बाली टापूमा मनाइन्छ ।

शिवरात्रिको दिनभरि व्रत बसेर साँझमा शिव आरती गरेपछि मात्र प्रसाद ग्रहण गर्दछन् । तराईमा यस पर्वलाई तेरज्ञ पर्व पनि भन्ने गरिन्छ । भगवान् शिवलाई वयर मनपर्ने भएकोले तराईवासी भगवान् शिवलाई वयर चढाएपछि मात्र आफूले खाने गर्दछन् । भगवान् शिवलाई भोलेबाबा, पशुपतिनाथ, शंकर, नीलकण्ठ, महाकाल, महामृत्युञ्जय, आशुतोष, सर्वेश्वर, नाट्येश्वर, महादेव आदि १००८ नामले शास्त्रहरूमा सम्बोधन गरेको पाइन्छ । शिवपुराण, लिंगपुराण, स्कन्दपुराणादिका अनुसार भगवान् शिव देवताहरूका पनि परम आदरणीय, परमेश्वर, विश्वब्रहृमाण्डका सम्पूर्ण सिद्धि र शक्तिका स्वामी हुनुहुन्छ । सम्पूर्ण जीव, जगत्का मूलाधार भगवान् शिव कणकणमा व्याप्त हुनुुहुन्छ । जय गुरुदेव

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।