आज चैते दशैं : हिन्दुहरूको महान् पर्व

चैते दर्शैँ

चैत्र महिनाको शुक्लपक्षको नवमी तिथिमा मनाइने पर्व रामनवमी हो । रामनवमी भगवान् विष्णुको सातौँ अवतार भगवान् श्री रामचन्द्रको जन्मदिन हो । यो ज्यादै पवित्र दिन मात्र नभएर अलौकिक दिन पनि हो । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीका पुत्ररत्नका रूपमा अलौकिक लक्षणले युक्त भगवान् श्रीरामचन्द्रको जन्म भएको थियो । उहाँ जन्मँदा पुनर्वसु नक्षत्र, चन्द्रमाका साथमा वृहस्पति भएका कर्कट लग्न र पाँच ग्रह (रवि, मंगल, गुरु, शुक्र, शनि) एकैसाथ थिए । यस्तो पवित्र दिनमा भगवान् श्री रामचन्द्रको जन्म हुन जाँदा यस दिनको महत्त्व अझ बढ्न गयो ।

नवरात्रि दुईवटा प्रमुख छन् । पहिलो आश्विन शुक्ल प्रतिपदादेखि नौ दिनसम्म मनाइने शारदीय नवरात्रि र दोस्रो चैत्र शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाइने वासन्तीय नवरात्रि । नवरात्रिका दिनमा श्री दुर्गा भवानीले नौ दिनसम्म नौरूप धारण गर्ने भएकीले दुर्गा भवानीका नौ पीठमा गएर दर्शन, पूजा गरिन्छ । यी दुवै नवरात्रिको उत्तिकै महत्त्व छ । के पनि भनिन्छ भने पहिले चैते दशैँलाई नै दशैँका रूपमा मनाइन्थ्यो । पछि असोजलाई अनुकूल मानी शारदीय नवरात्रिमा दशैँ मनाउन थालियो । असोज महिनामा खेती सकिएर फुर्सद मिल्ने, गर्मीको प्रकोप शान्त हुने, गरिष्ठ भोजनले पनि धेरै विकार नगर्ने भएकोले दशैँलाई असोजमा सारिएको हो । देवी पार्वतीका अनुसार चैत्र शुक्लपक्षको तृतीया वा चैत्रीय नवरात्र अथवा वासन्तीय नवरात्रको तेस्रो दिन सौभाग्यसूचक वस्तु (कुंकुम, पुष्प, चन्दन, पान, गाजल, उखु, लवण, जीरा) आपूm बराबर तौलेर मलाई अर्पण गर्ने नारीले विधवा हुनु पर्दैन । यस दिन नून खानु हुँदैन ।

राम नवमीका दिनमा खासगरी रामलीला गर्ने चलन छ । राम जन्मभूमि भारतको अयोध्या र सीताको जन्मभूमि नेपालको जनकपुरमा धूमधामसँग रामलीला सम्पन्न गरिन्छ । जनकपुरको जानकी मन्दिरमा भक्तजनको घुँइचो लाग्दछ । देशभरका राम मन्दिरहरूमा दर्शनार्थीहरूको भीड लाग्दछ । यस दिन हिन्दुहरू भगवान् श्रीरामचन्द्रको पूजा गर्ने, कीर्तन गर्ने, राम नामको जप गर्ने र व्रत बस्ने गर्दछन् । रामनवमीको अघिल्लो दिन अष्टमी तिथिमा मनाइने पर्व चैते दशैँ हो । चैत्राष्टमी पर्व वसन्त ऋतुमा पर्ने भएकाले यसलाई वासन्ती पनि भनिन्छ । यस पर्वमा जसले शुद्ध पवित्र भई देवीको पूजन गरी रामनवमी पर्व मनाउँछ त्यसलाई सम्पूर्ण श्री प्राप्त हुन्छ भनी हाम्रा शास्त्रहरूले उल्लेख गरेका छन् । सरकारी स्तरबाट चैते दशैँ मनाउनका लागि एक दिन बिदा दिइन्छ । यो दशैँ ज्यादै सामान्यरूपमा मनाइन्छ । यस दिनमा चेलीबेटीहरूलाई घरमा डाकेर खानपिन गराउने परम्परा चाहिँ कायम नै छ ।

चैत्र अष्टमीका दिनमा काठमाडौँ केलटोलको मच्छिन्द्रबहालबाट सेतो मच्छिन्द्रनाथको यात्रा पनि निकालिन्छ । यो यात्रा चैत्राष्टमीदेखि शुरु भई एकादशीसम्म चार दिन मनाइन्छ । यात्राको पहिलो दिनदेखि जमलबाट श्वेत मच्छिन्द्रनाथलाई रथमा बसालेर यात्रा प्रारम्भ गरिन्छ र असनसम्म पु¥याइन्छ । दोस्रो दिन असनबाट कालभैरवसम्म पु¥याइन्छ । दशमीकै दिनमा लगनटोलसम्म पु¥याइन्छ र एकादशीको दिनमा मच्छिन्द्रनाथको मूर्तिलाई सानो रथमा राखेर लगनटोलबाट मच्छिन्द्रबहाल नै पु¥याइन्छ । यस अवसरमा पूजा गरी प्रसाद ग्रहण गरेर घर–घरमा भोज गर्ने परम्परा छ । सेतो मच्छिन्द्रनाथलाई सहकालका देवता मानिन्छ । उहाँको रथयात्रा गरेमा देशमा अनिकाल हटेर सहकाल हुन्छ भन्ने कुरा स्वयम्भू पुराणको बुद्ध वचनमा उल्लेख छ ।

चैत्रशुक्ल अष्टमी चैते दशैँका विषयमा यस्तो किंवदन्ती प्रचलित छ— कुनै समय मिथिलामा जनक नामका राजा थिए । उनले आÇनी छोरी सीताको विवाह पराक्रमी र बलवान् पुरुषसँग मात्र गरिदिने अठोट गरेका थिए । उनले आपूmसँग रहेको शिवधनुष उठाएर त्यसमा ताँदो चढाउन सक्नेसँग सीताको विवाह गरिदिने प्रतिज्ञा गरेका थिए । बाल्यकालमा सीताले सो धनुष कुनै परिश्रमबिना उठाएको जनकले आÇनै आँखाले देखेका थिए । सीता विवाहयोग्य भइसकेपछि उनको स्वयम्बर समारोहको आयोजना गरे । त्यसमा भाग लिन राजा जनकले राजा र राजकुमारहरूलाई आमन्त्रण गरेका थिए । सबै वीर योद्धाहरू उपस्थित भए । अयोध्याका राजा दशरथका पुत्र श्रीरामचन्द्र पनि मिथिला पुगेका थिए । राजा जनकले जसले शिवको धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ उसैसँग आÇनी पुत्री सीताको विवाह गरिदिने घोषणा गर्दै समारोह शुरु गर्ने आज्ञा दिए । देवी सीता पनि त्यहाँ उपस्थित थिइन् । उनको हातमा वरमाला थियो । कैयाँै राजा र राजकुमारहरूले प्रयास गरे तर विफल भए । राजालाई सीताको विवाह नै हुन नसक्ने हो कि भन्ने चिन्ता प¥यो । त्यत्तिकैमा महर्षि विश्वामित्रले आÇना शिष्य श्री रामचन्द्रलाई शिवधनुष उठाउने आज्ञा दिए । श्रीरामले आफूले हासिल गरेको विद्याका प्रभावले सो धनुष उठाई ताँदो चढाउन लाग्दा धनुष भाँच्चिएर दुई टुक्रा भयो । सीताले श्रीरामलाई वरमाला पहि¥याइन् र सीतारामको विवाह सम्पन्न भयो ।

यही सीतारामको विवाहको सम्झनामा प्रत्येक वर्ष रामनवमीका दिनमा सीता जन्मभूमि जनकपुरमा ठूलो मेला लाग्छ । अयोध्यानरेश दशरथपुत्र रामचन्द्र र जनकपुत्री सीताको विवाहसम्बन्धी घटनालाई अभिनयरूपले लोकसमक्ष वर्षैपिच्छे प्रदर्शन गर्ने काम धनुषाको जनकपुरधाममा अहिले पनि धूमधामसँग मनाइन्छ । यसैलाई विवाहपञ्चमी मेला भनिन्छ । सीता जन्मका सम्बन्धमा अनेक किंवदन्ती प्रचलनमा छन् । एउटा किंवदन्तीअनुसार यज्ञभूमि निर्माण गर्नका लागि जनकले हलो जोत्दा माटोबाट कन्या उत्पन्न भएकी र राजा जनकले पुत्रीका रूपमा ग्रहण गरेका थिए । अधिकांश विद्वान्हरूले सीताको अलौकिक जन्मलाई स्वीकार्दै उनलाई भूमिजा भनेका छन् । कतै सीतालाई मन्दोदरीको गर्भबाट उत्पन्न भएकी भनिएको छ भने कतै पद्मजा र रक्तजा पनि ।

प्रायःजसो चाडहरू वर्षमा एकपटक आउँछन् तर दशैँ नवरात्रि अथवा दुर्गापूजा यस्तो चाड हो जुन एक वर्षमा चारपटक आउँछ । प्रत्येक तीन–तीन महिनामा नवरात्रि पर्व आउँछ । यी चारवटा दशैंँमध्ये चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षमा मनाइने दशैँलाई जाग्रत दशैँ वा नवरात्रि भनिन्छ भने आषाढ र पौष महिनामा पर्ने दशैँ सुप्त दशैँ हुन् । उत्तरायणमा एकपटक र दक्षिणायनमा एकपटक गरी दुईवटा जाग्रत दशैँ धूमधामसँग मनाइन्छ । नवरात्रिका नौ दिनहरू नौवटा दिनमा भिन्न–भिन्न शक्तिहरूका साधनाका दिन हुन् । नवदुर्गाका भिन्न–भिन्न रूपको भिन्न–भिन्न दिनमा पूजा, आराधना गरिन्छ । प्रथम दिन सरस्वती ज्ञानकी अधिठात्री देवी, दोस्रो पार्वती मातृत्वकी अधिठात्री देवी, तेस्रो दिन गौर प्रणयकी अधिष्ठात्री देवी, चौथो दिन रुद्राणी गृहस्थ जीवनकी अधिष्ठात्री देवी, पाँचौ दिन नारायणी (राधा) आनन्दकी अधिष्ठात्री देवी, छैठाँै दिन शक्ति अधिकारकी अधिष्ठात्री देवी, सातौँ दिन गंगा भावनाकी अधिष्ठात्री देवी, आठौँ दिन लक्ष्मी धनकी अधिष्ठात्री देवी र नवौँ दिन महाकाली दुष्टता संहारकी अधिठात्री देवीको पूजा गरिन्छ । यी भिन्न–भिन्न स्त्री शक्तिहरूसँग शिवले अलग–अलग संयोग गर्नुभयो । यी सबैलाई एकाकार गरेर आपूmभित्र समाहित गर्नुभयो । शक्ति, ज्ञान, मातृत्व, क्रिया, प्रेम, अधिकार, धन, भावना र संहारका शक्तिहरूलाई एकीकृत गरी एक पूर्ण शक्तिको निर्माण गर्नुभयो र ती शक्ति शिवमा समाहित भए । रामनवमीको महŒवको विषयमा ‘गाग्र्यतन्त्र कृष्णवचन’अनुसार चैत्र अष्टमीका दिन अष्टमातृकालाई विधिपूर्वक पूजा गरिसकेपछि नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ, ध्यान गर्नाले मनले चिताएको कार्य सफल हुनेछ । व्रर्ताक नामक धर्मग्रन्थमा अगस्त्य संहितामा यस्तो बयान गरिएको उल्लेछ— चैत्रशुक्ल नवमी रामचन्द्र जन्मनुभएको दिन हो । त्यसैले यो दिन व्रत, उपवास बसी श्रद्धाभक्तिपूर्वक भगवान् श्रीरामचन्द्रको पूजा गर्नाले अनेक जन्मको पाप नाश भई वैकुण्ठ वास हुन्छ ।

यो दशैँको महत्त्वबारे वर्षकृत्य प्रदीपक नामक धर्मग्रन्थमा चैत्रशुक्ल अष्टमीका दिन भवानी उत्पन्न हुनुभएको दिन हो । यस दिन भवानीको पूजा गरी विधिपूर्वक पर्वोत्सव मनाइएमा रोग, शोक हटेर गइ सधैँ आनन्द र सुख हुनेछ भन्ने उल्लेख छ । यस दिन अशोकको फूल खानाले रोक, शोक आदि नाश हुन्छ भन्ने शास्त्रवचन पालना गर्दै मानिसहरू शास्त्रोक्त मन्त्रोचारण गर्दै अशोकको फूल खाने गर्दछन् ।

जय गुरुदेव ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।