सडक खुलाउन शुरु गरिएको थियो,तर तत्काल सहज अबस्था रहेन - मेयर खरेल

रामकृष्ण कंडेल,वामीटक्सार📝

गुल्मीको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल ले नगरभित्रका सडक खुलाउन शुरु गरिएको तर तत्काल खुलाऊन सहज अबस्था नरहेको बताऊनु भएको छ।

सामाजिक संजाल मार्फत मेयर खरेलले ब्यक्तगर्नु भएको बिचार “निरन्तरको यो बेमौसमी झरीले झुक्याएको छ।व्यापक आवागमन हुने बेलैमा बाटाघाटा अबरुद्ध छन्।परिस्थिति हामी कसैको काबूभित्र रहेन।हिजैसम्म धेरै नोक्सान भएको थियो,आज पनि रातभरीको बरसातले झन् कति क्षति पुग्ने हो;हामी असाध्यै चिन्तित र दुखी छौं।आआफ्नो ठाउँमा सुरक्षित बस्नुहोला।हिजो देखि झरी एस्सो थामियो भनेर सडक खुलाउन शुरु गरिएको थियो,तर तत्काल सहज हुने अबस्था रहेन।गलेका/पहिरो बग्ने जस्ता ढीकढाक मुनि र खोलानाला किनारका जोखिम क्षेत्रमा सतर्क रहनुहोस्!क्षति-नोक्सानीबाट आफू बच्नुहोस् र अरुलाई पनि बँचाउनु होस्”

नगरभित्रका बासिन्दाहरूमा कुनै प्रकारको समस्या आएमा तत्काल निम्न ब्यक्तिहरू लाई सम्पर्कगर्न समेत मेयर खरेलले आग्रह गर्नुभएको छ। 9857021212(मुसिकोट नगर प्रमुख)9869874428(वामी प्रहरी, इन्चार्ज),079421100(मजुवा प्रहरी चौकी)9857064290(मुसिकोट रेडक्रस,सम्पर्क),9857017777(प्र.जि.अ.,गुल्मी)

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।