आगामी सरकार एमालेकै हुने: एमाले उम्मेद्वार डिल्लीराज भुसाल

रामकृष्ण कंडेल,वामीटक्सार✍️

सारा घेराबन्दीका बीच पनि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको नतिजाका आधारमा आगामी सरकार एमालेकै हुने नेकपा एमाले को तर्फ देखि गुल्मी २ क का उम्मेद्वार डिल्लीराज भुसालले दाबी गर्नु भएको छ।गठबन्धन सरकारले जनता माथी कुठराघात गरेकोले जनता उनिहरू संग वाक्क दिक्क भइसकेका छन तसर्थ देशभरका मतदाताहरू मंसिर ४ को निर्बाचनमा सुर्य चिन्हमा भोट खसालेर एमालेको नेतृत्वमा जनमुखी सरकार निर्माण गर्न आतुर रहेको भुसालको भनाई रहेको छ।

युनिक खवर डट कम संग कुराकानी गर्दै आफु रेसुंगा नगरपालिकाको नगरप्रमुख भएर एक कार्यकाल सफलतापुर्बक बिकास निर्माणको अगुवाई गरेको प्रसंग बताऊदै एमाले उम्मेद्वार भुसालले यो निर्बाचनमा आफु लाई अत्यधिक मत दिएर बिजय बनाऊन सबै मतदाताहरू संग बिशेष आग्रह गर्नुभएको छ।

एमाले पार्टीका केन्द्रिय सल्लाहकार समेत रहनुभएका भुसालले भन्नुभयोः’म जितेर केहि पाऊलाकी भनेर उम्मेद्वार भएको होइन,समाज र राष्ट्रलाई केही गरौं भनेर आएको छु’

‘निर्बाचनले जस्तो परिणाम दिए पनि आफु बाचुन्जेल जनताकै सेवामा लाग्ने प्रण गरेको बताऊदै भुसालले भन्नुभयो म जनताको भरिया हु,जनताले बोकाएको भारी कुशलता पुर्बक बोक्ने छु,हाम्रो प्रदेश लाई बिकासको क्षेत्रमा नमुनानै बनाएर छोड्ने छु’भुसालले आफ्नो बिचार दृढतापुर्बक राख्नुभएको छ।

आफुले पैसाको लागि राजनीति गर्नु पर्ने आवश्यकता छैन भन्दै भुसालले जनताको सच्चा सेवक भएर पुन्य कार्य गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताऊनु भएको छ।

यतिखेर एमाले उम्मेद्वार भुसाल जनताको मन जितेर आफुहरू निर्बाचनमा बिजयहुने उध्देश्यका साथ घरदैलो खेतबारी,आगन चोक सबै स्थानमा उत्साहाका साथ जनताहरू जहा छन सोहि स्थानमा पुगेको देखिन्छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।