गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले फोक्सोको गम्भीर बिरामी न्युरे लाई गर्यो आर्थिक सहयोग

युनिक खबर✍️

गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियामा आवद्ध १८ जना ब्यक्त्तित्वहरुले मुसिकोट नगरपालिका ८ निवासी बालकृष्ण न्युरेको स्वास्थ्य उपचारका लागि १ लाख ११ हजार १ सय उनान्नसाठी सहयोग रकम अस्ट्रेलिया बाट पठाउनु भएको छ।

गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको तर्फ बाट सस्थाका नेपाल प्रतिनिधीको रूपमा रामकृष्ण कंडेलले उक्त सहयोग रकम बरावरको चेक बिरामी न्युरेकै निवासमा पुगेर सम्बन्धित बिरामी लाईनै बुझाउनु भएको हो।सहयोग हस्तान्तरण कार्यक्रममा खडानन्द कंडेल,ज्ञानहरी सापकोटा,भिमसेन के सी,सुमन रायमाझी,सागर खत्री लगायतको उपस्थिति रहेको थियो।

सहयोग रकमको चेक ग्रहण गर्दै ३७ वर्षिय फोक्सोको गम्भीर बिरामी बालकृष्ण न्युरेले आफ्नो उपचारमा परिवारले आफुहरु संग भएको रकमको साथै रिण समेत खोजेर खर्च गरेको तर कुनै सुधार नभएको भन्दै रकम अभाबमा आफू निकै पिडाका साथ बाचिरहेको बेला अस्ट्रेलिया बाट गुल्मी समाज भिक्टोरियाका साथिहरुले यति ठूलो रकम पठाएकोमा आफू लाई बाच्ने आश जागेको बताउनु भयो।"यस दुखको बेला गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाका १८ जना साथिहरुले गर्नुभएको सहयोग म तथा मेरो परिवारले कहिल्यै भुल्ने छैनौ"न्युरेले गहभरी आँसु लिएर हामी सङग बताए।

गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको तर्फ देखि सहयोग रकम प्रदान गर्नुहुने सहयोगदाता हरु र सहयोग रकम निम्नानुसार रहेको गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले जनाएको छ:

१. माधव खरेल - $५१

२. जनक गौतम - $५१

३. मुक्तिराम सापकोटा - $५१

४. बिभिषण भण्डारी - $५०

५. प्रिया र आकाश - $७०

6. डा सन्देश पन्थ - $५१

७. रमेश सापकोटा - $५०

८. झविन्द्र भण्डारी - $५०

९.टंक कडेल - $१५०

१०. लाल सिंह - $५०

११.दीपक सापकोटा - $ ५१

१२. गान्धी भट्टराई $५१

१३. मणिरत्न सापकोटा - $५१

१४. कंवलजीत सिंह - $५१

१५. कोपिला सापकोटा - $५१

१६.हरि पी शर्मा - $ ५१

१७. लालमणि गौरम - $ ५०

१८. राजन ढकाल $३०

= $941.00

+ $301 (गुल्मी समाज भिक्टोरिया (अष्ट्रेलिया) संस्था बाट थपगरि $1,242 जम्मा उठाइयो। 1,242×89.50 नेपाली १ लाख ११ हजार १ सय ५९ सहयोग उपलब्ध गराउने निर्णय गरिएको सस्थाका बर्तमान अध्यक्ष माधव खरेलले हामिलाइ बताउनु भयो।

बिरामी न्युरेकी आमाले सहयोगीहरु प्रति धन्यवाद व्यक्त गर्दै दुखको बेला आफ्नो छोरा को उपचारका लागि गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले गरेको सहयोग कहिल्यै नभुल्ने भन्दै यस सहयोग कार्य प्रती आभार ब्यक्त गर्नु भयो।"सहयोगीहरु सबैको जय होश,प्रगति होस"सहयोग रकम हस्तान्तरण कार्यक्रममा न्युरे ले बताउनु भयो।

"परोपकार धर्म हो,परपिडा पाप हो"भन्ने भावना हामी सबैमा हुनुपर्छ भन्दै सानो उमेर देखिनै आफुले विभिन्न सामाजिक सस्था तथा दिनदुखिहरुको पिडामा सहयोग गर्दै आएको सस्मरण गर्दै गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाका पुर्ब अध्यक्ष जनक गौतमले यस प्रकारको पिडाले आफूहरु लाई दुखित बनाएको भन्दै सस्थाका साथिहरु बाट संकलित रकम बालकृष्ण न्युरेको उपचारको लागि नेपाल पठाउन पाएकोमा सन्तोष ब्यक्त गर्नुभयो।

"दुख पर्दा सबै मित्र हरू मिलेरै सामना गर्नु पर्ने आबश्यक्ता औल्याऊदै आगामी दिनमा पनि यसप्रकारका सहयोग कार्यका लागि गुल्मी समाज भिक्टोरिया अस्ट्रेलिया सबै नेपाली दाजु भाइ दिदिबहिनी हरु संग मिलेर अगाडी बढने"यस संस्थाका सल्लाहकार मणिरत्न सापकोटाले हामि सङ्गको कुराकानिमा बताउनु भयो।

"नेपालमा हाम्रो छिमेकी मित्र बालकृष्ण न्युरे बिरामी भएको बिदेशमा सुन्यौं,यस दुखद खबरले हामी दुखी भयौ,जति सकिन्छ सहयोग गरौ भन्ने सोच बन्यो,केही रकम संकलन गरि पठाएका छौ,यस सहयोग रकम लाई कुनै खर्च नगरी बिरामिको घर सम्म पुर्याइदिनु होला" गुल्मी समाज भिक्टोरियाका सहसचिव दिपक सापकोटाको भनाई रहेको थियो।

दुख,कष्ट,पिर,मर्का भोगेका नेपालीहरुको पिढाले आफु हरू लाई सधै सताउछ भन्दै लामो समय देखि बिरामीको अवस्थामा घरमै रहनुभएका बिरामी वर्षिय युवा न्युरेको उपचारका लागि केही रकम भए पनि उपलब्ध गराउन सकिएको सस्थाका बर्तमान कार्यसमितिका अध्यक्ष माधब खरेलले बताउनुभयो।

सहयोग संकलन कार्यमा टंक कंडेल र लाल सिंह खत्री को बिशेश भुमिका रहेको जनक गौतमले बताउनु भयो।

सहयोग हस्तान्त्रण कार्यक्रममा हुने ठुला भिड्भाड हरुको अन्त्य गर्दै संस्थाले तोकेको आधिकारिक प्रतिनिधि मात्रै बिरामिको घरमा पुगि सहयोग रकम बुझाउने कार्य शैली लाई धेरैले मन पराएको देखिन्छ।

स्थापना समय देखि हाल सम्म गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले जन्मभूमी नेपाल रास्ट्रमा समस्या पर्दा विभिन्न स्थानका ब्यक्तिहरु लाई सक्दो सहयोग गर्दै आएको छ।

स्मरणरहोस गुल्मी समाज भिक्टोरियाको स्थापना पश्चात जनकराज गौतम,मणि सापकोटा,गान्धी प्रसाद भट्टराई हुदै समाजसेवी युवा ब्यक्तित्व माधब खरेलले संस्थाको हालको नेतृत्व गरिरहनु भएको छ।

यसैगरी गुल्मी वामिमा जन्मी हाल काठमाडौमा अध्यनरत युवा पत्रकार अनिश गैरेले बालकृष्ण न्युरेको उपचारार्थ आफ्नो ब्यक्तिगत तर्फबाट रु ५ हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ।उक्त सहयोग रकम आजै रामकृष्ण कंडेल मार्फत बिरामी न्युरे लाई बुझाइएको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।