गुल्मीका युवा लक्ष्मण भण्डारीको लोभलाग्दो कृषिकर्म

गुल्मीका युवा लक्ष्मण भण्डारीको लोभलाग्दो कृषिकर्म"-नेपाल कृषि प्रधान देश हो र कृषि बाट थुप्रै आम्दानी गर्न सकिन्छ । मेहेनत र परिश्रम गर्न सके मेहेनत अनुसारको आम्दानी हुनेमा दुईमत छैन् तर कृषि प्रधान देश भएतापनि गाउँमा राम्रो रोजगार नपाएपछि दैनिक सयौंको संख्यामा युवाहरु बिदेशमा पलायन हुन बाध्य छन् । तर बिदेशको गर्मी र मेहेनतलाई सम्झिएर गुल्मीका प्रदेशबाट फर्किएका गुल्मीमा युवाले गाउँमै कृषि क्रान्ति गर्न थालेका छन् ।

जिल्लाको सत्यवति गाउँपालिका युवा लक्ष्मण भण्डारीले कृषि तथा पशुपन्छी फार्म दर्ता गरी कृषिमा एक उदाहरण प्रस्तुत गरेका छन् । गाउँपालिकाको वडा न ७ मा कृषि फर्म सञ्चालन गरेका छन। फार्ममा उनीहरुले हालसम्म लाखौ लगानी गरेका छन् भने फर्ममा बिस्तारै लगानी थप्ने योजनामा उनी छन् । उनीको फार्मम खुर्सानी ,टमाटर, काक्रो लगायत तरकारीहरु लटरम्म फलेका छन् । उनले फर्मबाट दैनिक कुइन्टलका कुइन्टल टमाटर ,काक्रो र तरकारी सत्यवतीको जोहाङ्ग खैरेनी तथा स्थानिय बजारमा खपत गर्दै आएका छन् ।

फर्म संचालक भन्छन् “फर्म सुरु गर्दा प्राकतिक बिपत्तिका कारण अलि समस्या भयो ” तर अहिले फर्ममा तरकारी फलेको देख्दा र आम्दानी लिदाँ हामी निकै खुसि छौ । कृषि संगै पशुपालनमा समेत राम्रो सम्भावना देखेपछि पशुपन्छी पालनको लागि जग्गा समेत लिएका छन् । तत्काल खोर निर्माण गरी पशुपन्छि पाल्ने योजना रहेको उनीहरु बताउँछन् । फर्मको नजिकै फलफुलका बिरुवा सम्म रोपेका छन जस्ले निकट भबिस्यमा निकै फाइदा पुग्ने बताइएको छ ।

दुःख सुखमा : गाउँपालिका

बिदेशबाट बिभिन्न अनुभब र दुःख पछि नेपाल फर्किएर कृषि कर्ममा लागेका युवाहरुलाई फर्म संचलन गर्न बेला प्राकृतिक बिपत् आइलाग्यो । तर उनीहले निर्माण गर्दै गरेको फर्मलार्इं समेत सामान्य क्षति पुग्यो । तर उनीहरु क्षतिलाई हार नमानी निरन्तर आफ्नो कर्ममा तल्लिन भए। उनीहरुको समस्या थाशापाएपछि सत्यवती गाउँपालिकाले टनेल दियो । त्यसरी कृषिलाई ब्याबस्थि तगर्दै गएमा गाउँपालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता गरेको छ। गाउँमै संचालन गरेको फार्मबाट उत्पादन भएको तरकारी तथा फलफूलले गाउँपालिका नै आत्मनिर्भर बनाउने उनीहरुको लक्ष्य छ ।

तस्वीर तथा जानकारी - सत्यवती गाउँपालिका कृषि शाखा गुल्मी।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।