गुल्मीको मौरीभिरमा तमु ल्होसार पर्व भव्यताका साथ मनाइयो

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ९ मौरीभिरमा बसोबास गर्दै आउनु भएका गुरुङ समुदायले तमु ल्होसार पर्ब लाई भव्यताका साथ विविध कार्यक्रमहरु आयोजना गरेर मनाउनु भएको छ l २६ सय ५ औँ वर्षगाठको पावन अवसरमा यहाँ बसोबास गर्ने तमु अर्थात् गुरुङहरुले विविध कार्यक्रमहरु आयोजना गर्नुभएको थियो l गाई वर्ग लाई बिदाई गर्दै बाघ वर्ग लाई स्वागत गर्न तमुहरुले पुस १५ लाई यस वर्ष देखि आफ्नो जन्म स्थानमै कार्यक्रम मनाउने निर्णय गरी भव्यताका साथ उल्लासमय वातावरणमा राति अबेर सम्म सांगितिक कार्यक्रम आयोजना गरि तमु ल्होसार पर्व मनाइयो l

आफ्ना पितृहरूको सम्झना गर्दै पितृ पुजा,अतिथी सत्कार,सानासाना नानी बाबुहरू को लोक सांगीतिक प्रस्तुति हरु आयोजना गरी कार्यक्रम मनाईएको हो l मौरीभिर भन्ने स्थान साविक अर्लाङकोट गाविसको वडा नम्बर ८ हाल गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ मा पर्दछ l

कार्यक्रम मा नरेशराज खरेल,रामकृष्ण कंडेल,टिकाराम सापकोटा ले सुभकामना मन्तब्य राख्नु भएको थियो l

मु.न.पा ९ मौरीभिरमा आयोजित तमु ल्होसार पर्व भव्य र सभ्य रुपमा सफल होस् भन्दै मुसीकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले शुभकामना सन्देश पठाउनुभएको थियो l

नगरप्रमुख सापकोटाले गुरुङहरूको बस्ती को रुपमा परिचित मौरिभिर क्षेत्र लाई अगाडि बढाउनको लागि आफूहरुले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि आफू र सिङ्गो नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ l यसैगरी उक्त कार्यक्रमको सफलताको लागि इस्मा गाउँपालिका २ का वडा अध्यक्ष चुरा बहादुर खत्रीले पनि शुभकामना व्यक्त गर्नुभएको थियो l

यस स्थान मा झण्डै १० घरका ४५ जना गुरुङ हरु बसोबास गर्दै आउनु भएको स्थानीय वयोवृद्ध चन्द्रबहादुर गुरुङले बताउनुभयो l

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ९ मौरिभिर भन्ने स्थान निकै दुर्गम स्थानको रुपमा परिचित छ l यस क्षेत्र को विकासको लागि सम्बन्धित सरोकार निकायबाट आफू लाई आवश्यक सहयोग प्राप्त हुनुपर्ने माग स्थानीय युवा समाजसेवी ब्यक्तित्व रामबहादुर गुरुङले राख्नुभएको छ l रामबहादुर गुरुङले हामीसँग भन्नुभयो “तमु अर्थात् गुरुङहरूको बसोबास रहेको यस मौरिभिर क्षेत्र लाई अगाडि बढाउनको लागि सबैको ध्यान दिन जरुरी रहेको छ यदि समयमै यस क्षेत्र लाई अगाडि वढाउन सकेनौ भने निकै सानो संख्यामा रहेको तमुहरु बिस्थापित हुने अवस्था आउन सक्दछ”

कार्यक्रममा मु.न.पा ९ का वडाध्यक्ष नरेशराज खरेल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो l बिशिस्ट अतिथीको रुपमा नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिति गुल्मीका सचिव रामकृष्ण कंडेल,डी.बि रायमाझी, टिकाराम सापकोटा,बिस्वनाथ सापकोटा,महाबीर बस्नेत,यज्ञमूर्ति सापकोटा,सुबास सुनार,तारा सापकोटा,सचिन बराल,गणेश केसी,लोकप्रसाद छन्तेल,घनबहादुर खत्री,शंकर परियार रहनु भएको थियो l 

कार्यक्रममा भूमिराज गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो l तमु इकाई समिति मु.न.पा ९ का अध्यक्ष यम बहादुर गुरुङको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन भुमा गुरुङले गर्नु भएको थियो l

नयाँ वर्षको रुपमा मनाइने ल्होसारको छुट्टै सांस्कृतिक महत्व छ । बहुजातीय,बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा रहेका विभिन्न समुदायका रीति,परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति हुन।यस्ता पर्वहरुले मुलुकमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपुर्ण योगदान गरेका छन।सबै नेपालीबीच बन्धुत्व,आपसी प्रेम,हार्दिकता र सम्मान कायम गर्दै सामाजिक न्याय र समानता सहितको समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ अग्रसर हुन तमु ल्होसार पर्वले सवैमा प्रेरणा प्रदान गर्ने विश्‍वास लिइएको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।