सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ

सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर वि.क.को परिवारलाई विमांक रु एक लाख र आर्जित बोनस वापतको रकम रु बाह्र हजार नौ सय गरी जम्मा रु एक लाख बाह्र हजार नौ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।

निजले सन नेपाल लाईफ गुल्मी शाखामा दुई वर्ष अघि रु एक लाख विमांकको नवीन आजीवन बीमा पोलिसी गरेका थिए, कृषि कर्म गर्दै आइरहेका वि.क.को घरमै अचानक मृत्यु भएको थियो । कम्पनिले उक्त रकम बरावरको चेक विमित स्व. लोक बहादुर विकको श्रीमती सावित्रा वि.क.लाई एक कार्यक्रमका विच हस्तान्तरण गरेको थियो ।

जीवन बीमामा ४ दशक लामो अनुभव भएका व्यक्तित्व तथा नियामक निकायमा बीमा सम्बन्धि व्यवस्थापकीय भुमिका निर्वाह गर्नुभएका व्यक्तिहरुको नेतृत्व सहित जीवन बीमामा अनुभवी र दक्ष जनशक्तिबाट व्यवस्थापन सम्हालिएको यस कम्पनीको उद्धेश्य भनेको जीवन बीमाको प्रचार प्रसार यसको आवश्यकता र महत्वको बारेमा आम जनसमुदायलाई सचेत गराई जीवन बीमाको पहुँच पुग्न नसकेको ठाउँहरुमा समेत जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।सन नेपाल लाईफ इन्स्योरेन्सले विसं.२०७५ साल मा गुल्मीमा कार्यालय विस्तार गरी जीवन बीमाको सेवा उपलब्ध गराई रहेको छ । विमितलाई सहज तरिकाले सेवा दिनको लागि सन नेपाल लाईफ शुरु देखि नै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । सन नेपाल लाईफले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना विमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।कार्यक्रममा वडा सदस्य भविश्वर गौतमले सहज तरिकाले विमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन नेपाल लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिदै सबैले आफ्नो क्षमता अनुसार जीवन बीमा गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, देशवासी सम्पूर्ण जनताले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छेको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५÷२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु पर्ने स्थिति सिर्जना नहुने भएकाले समयमै आफ्नो क्षमता अनुसार बीमा गर्नुपर्ने सुझाव गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले दिएका छन् ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, शिक्षक, सन नेपाल लाईफ गुल्मीका अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति रहेको थियो ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।