गुल्मी वामीटक्सारका सरसफाई अभियान्ता हरिप्रसाद सापकोटाको मस्तिस्कघातका कारण निधन

रामकृस्ण कंडेल,वामीटक्सार

✒️गुल्मीको मुसिकोट नगरपालिका ७ बसपार्क निवासी सरसफाई कार्यक्रमका अभियान्ता समाजसेबि हरिप्रसाद सापकोटाको दु:खद निधन भएको छ।आज बिहान पुजा गर्ने क्रममा आफ्नै निवासमा ६.४५ बजे तिर मस्तिस्कघातका कारण एक्कासी चक्कर आई ढल्नु भएका सापकोटाको बिहान १०बजे निधन भएको हो।

स्व.सापकोटा लाई वामीटक्सार बाट काठमान्डौ उपचारार्थ तत्काल लैजानको लागि पोखराबाट हेलिकप्टर बोलाएता पनि हेलिकप्टर आईपुग्नु अघिनै उहॉको दुखद निधन हुन पुग्यो।

साबिक वामी गा बि स भित्र धेरै बर्ष अगाडि देखिनै सार्बजनिक स्थल हरूमा सरसफाई अभियान शुरू गर्दै आऊनु भएका समाजसेबि सापकोटाको निधनले यस क्षेत्रनै दु:खी तथा स्तब्ध छ।

वामीटक्सारमा शिक्षा क्षेत्रको बिकासको लागि स्थापित बिधालय तथा क्याम्पस सन्चालनको क्रममा आयोजित धार्मीक कार्यक्रम हरूमा सर्बोत्कृस्ट दानबिरको रूपमा सापकोटा परिवार रहदै आएको छ।

हरेक समय प्रस्ट बिचार राख्ने स्वभाब भएका स्व.सापकोटाको आजै मुनपा-७ स्थित झेंदिमा अन्त्येष्टि गरिएको छ।अन्त्येष्टि कार्यक्रममा मुसिकोट नगरपालिका

प्रमुख शोमनाथ सापकोटाले नेकपाको पार्टी सदस्य समेत रहनु भएका स्वर्गिय हरिप्रसाद सापकोटाको पार्थीब शरिरमा नेकपाको झन्डा ओढाई सम्मान ब्यक्त गर्नु भएको थियो।

अन्त्येष्टि कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य तथा नगर कमिटि सचिब अग्निधर लोहनी,नेपाली कॉग्रेस जिल्ला सचिब बिस्णु कुमारी सापकोटा,नेकपा मुसिकोट नगर कमिटि सदस्य तथा वडानं ७ का वडाध्यक्ष प्रकाश काफ्ले,वडानं ८ का वडाध्यक्ष नारायण सापकोटा,महेश बहादुर जि शी,रामबहादुर बोहोरा लगायत स्व.सापकोटाका सयौं साथीहरू,शुभ चिन्तक हरू र आम सर्बसाधरण हरू को शहभागिता रहेको थियो।

स्वर्गिय सापकोटाको सम्मानमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ७ नं वडा कमिटिले आर्यघाटमा मौनधारण कार्यक्रमको आयोजना गरेको थियो।कार्यक्रमको सन्चालन गर्दै ७ नं वडा कमिटि अध्यक्ष गोपीकृष्ण खरेलले स्वर्गीय हरिप्रसाद सापकोटाको योगदानको बारेमा चर्चा गर्नु भएको थियो।स्व सापकोटाका छोरा हरूले दागबत्ती दिनु पुर्ब १ मिनेट उहॉको संझनामा उपस्थित सबैले मौन धारण गर्नु भएको थियो।

स्व. सापकोटाका ३ छोरा हरूले वामीटक्सार बसपार्कमा सागर स्टोर्स सन्चालन गर्दै आऊनु भएको छ।उहॉका माईला छोराश्रीकृष्ण सापकोटा सामाजिक कार्यमा समेत सकृय हुनुहुन्छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।