गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बिहिबार साँझ ६ बजे बीरबास देखि भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। 

दुर्घटना परी मोटरसाइकल चालक गुल्मीदरबार गाउँपालिका–४ बस्ने वर्ष ३० का पदम ढेगा मगर गम्भिर घाइते भएका थिए । उनको उनको उपचारका क्रममा पौने सात बजे श्रृङ्गा स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

-रेडियो रेसुङ्गा बाट साभार

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।