नेपाल शिक्षक महासंघ गुल्मीको बैठक सम्पन्न

नेपाल शिक्षक महासंघ गुल्मीको बैठक तम्घासमा सम्पन्न भएको छ। बैठकले नेपाल शिक्षक महासङ्घ गुल्मी सँग आवद्ध सदस्य शिक्षकहरूको नवीकरण यही पौष मसान्त भित्र गर्ने निर्णय गरेको छ। बैठकले गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा कार्यरत सबै शिक्षकहरूको नवीकरण गरी नविकरण शूल्क सहित पुस मसान्तभित्र जिल्ला कार्य समितिमा पेश गर्नको लागि शिक्षक महासङ्घका स्थानीय कमिटीहरु लाई जिल्ला कार्यसमितिको तर्फबाट परिपत्र गर्ने निर्णय गरिएको छ। सदस्यता नविकरण र सदस्यता शुल्क प्राप्त भएपश्चात महासंघ सँग आवद्ध पेशागत संघ संगठनहरुका प्रमुखहरु को सहभागितामा बैठक बसी शिक्षक महासंघ को स्थानीय कमिटीहरु निर्माण गर्नको लागि आवश्यक निर्णय गर्ने निर्णय गरिएको छ।

तम्घासमा सम्पन्न आजको बैठकमा नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष प्रेम नारायण भण्डारीको प्रमुख आथित्यता रहेको थियो।बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका जिल्ला सचिव भुवन टण्डन,नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश कमिटी सदस्य नारायणप्रसाद घिमिरे,नेपाल शिक्षक संघ गुल्मी जिल्ला सचिव खिमबहादुर थापा,एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष डेलराज खनाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मी जिल्ला कमिटी अध्यक्ष राजु गौतम,एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद खनाल,प्रदेश सदस्य ऋषिराम शर्मा शिक्षक महासंघ गुल्मी जिल्ला उपाध्यक्ष केशव पराजुली लगाएत शिक्षक अगुवाहरुको उपस्थिति रहेको थियो।

बैठकको अध्यक्षता नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष हीरासिंह सराङकोटीको रहेको थियो भने सञ्चालन जिल्ला सचिव रामकृष्ण कंडेल ले गर्नुभएको थियो।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।